पाटनमा पशु चौपाय पुर्याउन गएका कुशेका सात जना बेपत्ता , झरी र चट्याङले ८३ भन्दा बढी गाई वस्तु मरे

खलंगा, ३ असार ।  तीन दिन अघि देखि निरन्तर परेको बर्षाका कारण कुशे गाँउपालिका वडा नं  ८ का  ७ जना स्थानीय बेपत्ता भएका छन् ।
गाइ भैसीलाई पाटन लगाउन जलजला लेक तिर गएका उनीहरु हाँवाहुरी संगै आएको चट्यागंका कारण जलजला पाटनमा २२ गाई, १० भैँसी र ५० भन्दा वढी बाख्रा लगाएतका पशु चौपाय मरेको खवर आएको कुशे गाँउपालिका पशु पंक्षी शाखाले जनाएको छ ।
घटनास्थल तर्फ हरायका आफन्त सहित खोजी कार्यमा पुगे पनि अझै सम्म भेटाउन नसकिएको जनाइएको छ ।
जेठ ३१ गते पशु चौपाय छोड्न लेक पाटन गएका ११ जना स्थानीय गोठाला मध्य ४ जना फर्किन सफल भएको र बाकी ७ जना वेपत्ता भएको खवर आए लगत्तै खोजि कार्य भैरहेको गाँउपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले जानकारी दिए  ।
मंगलबार बेलुकादेखि जलजला पाटनमा बेपत्ता भएका सात जना अहिलेसम्म सम्पर्कमा नरहेका जाजरकोटका डिएसपी मधु थापाले बताए  । कुशे
८ का बेपत्ता हुनेहरुमा ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खडका, २८ चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीय धनसरा खड्का र  वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय रहेका डिएसपी थापाले जानकारी दिए।
पाटनमा हावाहुरीबाट ज्यान बचाउन सफल चार जना भने सम्पर्कमा आएका प्रहरीले जानकारी दिएको छ।
सम्पर्कमा आउनेहरूमा ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीय दुर्गा रोकाय र ५५ वर्षीया गंगा खड्का रहेका छन् ।
कुशे गाउँपालिकाका सबैभन्दा अग्लो पाटनको रुपमा यसलाई लिइन्छ। वर्षायाममा यहाँका सर्वसाधारण पशुचौपाय चरिचरणका लागि जाने गर्छन्।
जिल्ला प्रहरी कार्याय जाजरकोटका सुचना अधिकारी तथा प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार प्रहरी इन्सपेक्टरको कमाण्डमा टोली खोजिका लागि पाटन तर्फ  प्रस्थान गरिसकेको र घटना भएको ठाउमा दुई दिन पैदल जान लाग्ने भएकोले अझै खवर केहि आउन नसकेको उनले वताए ।
उक्त क्षेत्रमा टेलिफोनको कुनै नेटवर्कले काम नगर्ने भएकोले खवर बुधवार मात्रै प्राप्त भएको हो  ।

तपाईको प्रतिक्रिया