
खलंगा, ४ असार । नेपाली यूवाका लागि स्वस्थ रुपान्तरण परियोजनाको समय अवधि समाप्त भएको छ । सन् २०१८ मे देखि सन् २०२१ जुन सम्म जाजरकोटको भेरी र छेडागाड नगरपालिकामा सञ्चालित परियोजनाको समय अवधि सकिएको हो ।
पाँचतारा यूवा संरक्षक मञ्च र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित परियोजनाले १५ देखि २४ वर्ष उमेर समुहका किशोरीहरु तथा विवाहित यूवतीहरुको परिवार नियोजन, प्रजनन्, मातृत्व तथा नवजात शिशुहरुको स्वास्थ्यमा सुधार ल्याउने उद्धेश्यले यो कार्यक्रम सञ्चालन गरिएको परियोजनाका मिल अधिकृत मधुकर पाण्डेले बताए ।
विगत ३ बर्ष देखि सञ्चालित परियोजनाको भेरी नगरपालिकामा समापन तथा उपलब्धी आदानप्रदान कार्यक्रममा बोल्दै नगरप्रमुख चन्द्रप्रकाश घर्तीले नगरभित्रका किशोरकिशोरीहरुको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउनको लागि सचेतनामुलक कार्यक्रम गरी स्वस्थकर व्यवहारमा परिवर्तन ल्याउन परियोजनाले महत्वपुर्ण भुमिका खेलेको बताए ।
उनले भने, ‘मानव स्वास्थ्यमा रहेका प्रमुख चुनौतीहरुलाई सामना गर्न र विपद्को वेलामा पनि साझेदारी तथा सहयोग गरी नगरवासीको स्वास्थ्य सम्बन्धी हकहितको लागि महत्वपुर्ण भुमिका परियोजनाले खेल्यो ।’ यस्तै प्रमुख घर्तीले परियोजनाको समयावधी थप भई आएमा नगरपालिकाको तर्फ बाट समपुरक कोष मार्फत कार्यक्रमलाई निरन्तरता लागि सहकार्य गर्न तयार रहेको र थप नभएको खण्डमा आवश्यकताको आधारमा बजेट विनियोजन गरी कार्यक्रमलाई पुर्णता दिने समेत बताए ।
नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तील भने, ‘राज्य नै विकासको साझेदारी नीतिमा चलिराखेको अवस्थामा यस परियोजनाले गरेका उपलब्धीमुलक कामहरुलाई अनुसरण गरी पालिकाले निरन्तता दिनुपर्छ ।’ कोभिड महामारीको वेला पनि नियन्त्रण र स्वास्थ्य सुरक्षाका लागि गरेको सहयोग महत्वपुर्ण रहेको अधिकृत घर्तीले बताए । परियोजनाको अवधिभर समुहगत, समुदाय र स्वास्थ्य संस्थाको समृद्धिको लागि काम गरेको थियो ।
जसअन्तर्गत भेरी नगरपालिका भित्र पहिलो र दोस्रो बर्ष गरी ९० वटा किशोरी तथा विवाहित यूवतीहरुको समुहहरु गठन गरी १८ सय ९ जना सहभागी थिए भने तीमध्ये १५ सय १८ जनाले पाठ्यक्रम अध्ययन गरी प्रशंसा पत्र सहित विदाई गरिएको छ ।
समापन कार्यक्रममा परियोजनाका उपलब्धीहरुको जानकारी दिदै परियोजनाकी कार्यक्रम संयोजक अस्मिता राज भण्डारीले सामुदायिक घरभेटमा १२ सय ९८ जना, सामुदायिक संवाद कार्यक्रममा १ हजार ५३ जना, सामाजिक कार्यक्रममा ८ सय ३५ जना, स्वास्थ्य संस्था भम्रणमा १८ सय १७ जना परियोजना बाट लाभाम्वित भएको र स्वास्थ्य संस्थामा कार्यरत ३९ जना कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम समेत प्रदान गरिएको बताईन् ।
कोभिड महामारी नियन्त्रणमा सहयोग गर्ने उद्धेश्यले २१ जना महिला स्वास्थ्य स्वंयमसेविकालाई परिचालन गरी ८ सय जनालाई सेवा प्रदान गरिएको समेत भण्डारीले जानकारी दिईन् । नेपाली यूवाका लागि स्वास्थ्य रुपान्तरण परियोजनाले जिल्ला स्वास्थ्य कार्यालय, नगरपालिकामा ५ वटै स्वास्थ्य चौकिमा कोरोवाविरुद्व लड्नको लागि विभिन्न प्रकारका PP set, Gloves,Mask,sanitizer,Hand washing corner, Oxymeter,Oxygen concetntrator जस्ता सामाग्रीहरु सहयोग गरिएको प्रदान गरिएको थियो ।
स्वास्थ्य संस्थाको संस्थागत विकास र कार्यालय व्यवस्थापनका लागि विभिन्न भौतिक बतथा प्राविधिक उपकरण सहयोग गरेको थियो ।
परियोजनाले समुदायमा रहेका परम्परागत गलत धारणाहरु परिवर्तन गरी परिवार नियोजन, प्रजनन् स्वास्थ्य, मातृ स्वास्थ्यमा सुधार ल्याउन प्रभाबकारी भुमिका निर्वाह गरेको कुरा जानकारी गराईएको थियो ।
बालविवाह न्युनिकरण,लैगिंक समानता,विभेद जस्ता कुरामा समुदायका नागरिकहरुलाई सचेत गराउन समेत परियोजनाले महत्वपुर्ण भुमिका खलेको कार्यक्रममा सहभागीहरुले बताए । कार्यक्रममा कुदु स्वास्थ्य चौकी र भुर स्वास्थ्य चौकीमा रहेको किशोरकिशोरी मैत्री कक्षालाई प्रमाणिकरणको लागि छिट्टै नै प्रक्रिया अघि बढाउने, गठित समुहहरुलाई नगरमा दर्ता गर्न आवश्यक प्रक्रिया अघि बढाउने जस्ता निर्णय गरिएका थिए ।
















































। ४ असार २०७८, शुक्रबार