
बारेकोट, २ असार । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले जाजरकोटको बारेकोट गाउँपालिकालाई आठ बुँदे ज्ञापनपत्र बुझाएको छ । बारेकोट गाउँपालिका एरिया नं २ का ईन्चार्ज धनजित महरले गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहको कार्यकक्षमै गएर ज्ञापन पत्र बुझाएको हुन् ।
स्वास्थ्य,शिक्षा,पर्यटन प्रर्वद्धन, सडक तथा कोरोना रोग नियन्त्रणमा पालिकाले गर्नुपर्ने काम कर्तव्यहरुलाई अझ शसक्तरुपमा तिव्रताका साथ लाग्नुपर्ने सुझाव सहित ज्ञापन पत्र हस्तान्तरण गरिएको ईन्चार्ज महरले बताए । गतवर्ष बाढी पहिरोले क्षतिग्रस्त भएका समुदायलाई तत्काल राहत र उचित घरवासको माग समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
असिना पानिले कृषि पेशा र कृषकलाई पारेको असरलाई लक्षित गरी राहतको प्याकेज ल्याइनुपर्ने र कोरोनाले विश्व आक्रान्त भएको वेला पालिका भित्रका दुर्गम टोलमा परिक्षण गराउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । कोरोनाले शिक्षा क्षेत्रमा पारेको असरलाई मध्यनजर गरि वैकल्पिक उपायको खाजी गरिनुपर्ने उल्लेख गरिएको छ।
दैनिक उपभोग्य वस्तुको मुल्यले आकाश नाघेको कुरा उल्लेख गर्दै न्युनिकरण र अनुगमन गरिनुपर्ने ज्ञापन पत्रमा लेखिएको छ । ज्ञापन पत्रमा उल्लेखित मागहरुको तत्काल सुनुवाई नभएमा कडाभन्दा कडा संर्घषमा उत्रने विप्लव नेतृत्वको नेकपाले चेतावनी समेत दिएको छ ।

















































। २ असार २०७८, बुधबार