टेलिकमको सेवाप्रति जनप्रतिनिधीको आक्रोश, उनीहरु भन्छन्, ‘कर्मचारीलाई टावरमा झुण्ड्याउन मिल्दैन ?’  (हेर्नुहोस भिडियो)

खलंगा, २२ जेठ । नेपाल टेलिकमको सेवाप्रति जाजरकोटका जनप्रतिनिधीले आक्रोश व्यक्त गरेका छन् । गत जेठ १९ गते जिल्ला विपद् व्यवस्थापन समितिको भर्चुअल वैठकमा उनीहरुले आक्रोश व्यक्त गरेका हुन् ।

टेलिकमले नागरिक बाट पैसा मात्र असुल्ने सेवा प्रभावकारी नदिने भन्दै आक्रोश पोखेका हुन् । भर्चुअल वैठकमा बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले, ‘सर सुन्नुहोस, तपाईले टेलिकमका कर्मचारी भरी ल्याएर टावरमा झुण्ड्याउन पाईन्छकी पाईदैन ?’ भन्दै प्रश्न गरे ।

‘तपाईहरु सेवाको नाममा नागरिकलाई ठक्ने, तपाईहरु बदमास, ठगहरु हो’ उनले थपे । सधैं ठग्ने, नसक्ने भए सेवा बन्द गर्नुहोस् भन्दै आक्रोश व्यक्त गरे । ‘तपाईहरुको यस्तो पाराले सारा देश र नागरिकको बदमान भयो, तपाईहरु टेलिकम र वर्ड लिंकका डाकाहरु हो, सेवा बन्द गर्नुहोस, दिन नसकिने सेवा किन शुरु गरेको ?’

‘दुर्गमका हामी पटक पटक फोन गर्दै हैरान भयौँ’ भन्दै आक्रोश पोखे । यस्तै कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बनेका टावरहरु सुरु नहुदाँ गाउँपालिका बासिन्दाहरु टेलिफोन सेवा बाट बञ्चित भएको गुनासो गरे । उनले भने, ‘पटकपटक टेलिकमले बनाउँछौँ मात्र भन्छन् कहिले बन्ने हो, टावर बनेको एक बर्ष सम्म पनि टेलिकमले सेवा सुुचारु नगर्ने के हो पारा ?’

गाउँपालिकामा महामारीका कारण कसैको ज्यान गयो भने टेलिकमको कारण र सञ्चार क्षेत्रको अभावमा गएको भन्ने बुझ्नुपर्छ । भर्चुकल वैठकमा बोल्ने अधिकांश जनप्रतिनिधीहरुले टेलिकमको सेवा प्रति आक्रोश व्यक्त गरे । यस्तै, पत्रकार रेशम बहादर खड्काले, नमस्तेका टावर बनेपछि स्काईले काम गर्न छोडेको बताए । उनले भने, ‘जिल्लाका अधिकांश ठाउँमा बनेका टावरहरुले एक बर्षपछि काम गर्न छाडिसकेका छन्, टेलिकमको लाप्रवाहीका कारण यहाँका नागरिकहरु सञ्चार क्षेत्र बाट बञ्चित हुन परेको छ ।’

कति मोवाइलमा फोरजी सेवा सुचारु भएको छैन, बारेकोट गाउँपालिकाका अध्यक्षले भनेको सही छ भन्दै समर्थन जनाए । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटले आफ्नो क्वाटरमा समेत टेलिफोनले काम नगर्ने गुनासो पोखे । उनले भने, ‘कसैको फोन आयो भने क्वाटर बाहिर गएर फोन गर्नुपर्छ, टेलिकमको समस्या केहो भन्नुहोस ?’

सबै मिलेर यहाँको सञ्चारको सेवा समाधान गर्नुपर्छ । यता, नेपाल टेलिकम जाजरकोटका कार्यालय प्रमुख गोपिन्द्र अधिकारीले भने, ‘स्थानीय तहका जनप्रतिनिधीले समस्या राख्नु समान्य कुरा हो, मैले यहाँको दुर सञ्चार हेर्दै गर्दा १५ वटा जिल्लामध्ये सबैभन्दा धेरै समस्या भएको डोल्पा हो ।’

‘परिवर्तन भन्ने कुरा एकाएक हुदैन्, विस्तारै हुने कुरा हो, थप सेवा दिने कुरामा मैले प्रतिवद्धता व्यक्त गरे, म जाजरकोट आएको एक महिना मात्र भएको छ केही सुधार भएको छ, बाँकी जिल्लाको टेलिफोन समस्या समाधानका लागि लागि पर्नेछु ।’

टेलिफोनको सेवा बाट यहाँका स्थानीयले समस्या थेपिरहनु परेको छ । समस्या समाधानका लागि सबै मिलेर काम गर्दा राम्रो हुने जानकारहरु बताउँछन् । टेलिकमका कर्मचारी र जनप्रतिनिती विच चर्काचर्की समेत भएको थियो ।
हेर्नुहोस भिडियो  :

तपाईको प्रतिक्रिया