अक्सिजन नपाउँदा हुम्लामा एक कोरोना संक्रमितको मृत्यु


मोहनसिंह बुढा
हुम्ला, जेठ २० । अक्सिजन नपाउँदा हुम्लामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । एक साता देखि लक्षण सहितको संक्रमण पुष्टी भएका सर्केगाड गाउँपालिका वडा नम्बर २ रिप गाउका ५५ वर्षका टोप्ले कामीको सर्केगाड गाउपलिकामा कोरोना सक्रमणका कारण ज्यान गएको हो ।

कोरोनाको लक्षण सहितको संक्रमण पुष्टी भएका कामीको थप उपचारका लागि स्थल मार्गद्वारा घोडामा सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पताल सिमकोट लैजादै गर्दा बीच बाटोमै ज्यान गएको हो ।

सर्केगाड बाट सदरमुकाम सिमकोट जान करिब दुई दिन लागन्ने गर्छ भने कोरोना संक्रमित कामीको अक्सिजनको लेवल ४० भन्दा कम अथवा लो लेभल रहेको र स्वास्थ्य चौकीमा विद्युत अभावका कारण अक्सिजन दिने अवस्था नभएका कारण जिल्ला अस्पताल सिमकोट लैजादै गर्दा बीच बाटोमै ज्यान गएको हो ।

यसैबिच हुम्ला जिल्लामा कोरोना संक्रमणबाट पहिलो पटक एक जनाको मात्र मृत्यु भएको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले बताए ।

तपाईको प्रतिक्रिया