जाजरकोटका सात वटै पालिकामा हेलिप्याड, ब्लड वैंक स्थापना गर्ने निर्णय

जिल्ला विपद् व्यवस्थापन समितिको वैठक सम्पन्न

May be an image of 2 people, screen and text

खलंगा, २० जेठ । महत्वपुर्ण निर्णयका साथ जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटको वैठक सम्पन्न भएको छ । वुधबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम गरी उक्त वैठक सम्पन्न भएको हो ।

बर्षादका कारण हुन सक्ने जोखिम र जोखिम न्युनिकरण तथा रोकथाम सम्बन्धमा सम्बन्धीत सबै निकायहरुलाई प्रभावकारी बनाउन साथै मनसुन शुरुवात हुने समयमा पूर्व सावधानी अपनाउन चालिनुपर्ने राजनितीक योजना लगायतको विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको प्रजिअ देवकोटाले जानकारी दिए ।

उनका अनुसार, विपदको समयमा प्रयोग हुने आश्रयस्थलको चयन गर्ने, मनसुन सुरुवात हुनु पुर्व नै उद्धार सामग्रीको व्यवस्थापन÷ भण्डारण गर्ने, स्थानीय तहगत विपद् पूर्व प्रतिकार्य रणनितीक योजना निर्माण गर्ने, पालिका वाइज हेलिप्याड निर्माण गर्ने, आवश्यकता अनुसार पालिका अनुसार स्वंयम सेवकको

निमार्ण गर्ने, मनसुन सुरु हुनु अगावै आ आफ्नै पालिकामा आवश्यकता अनुसार खाद्यान्न, औषधी, अक्सिजन सिलिण्डर, दैनिक उपभोग्य सामग्रीहरुको भण्डारण गर्ने, जिल्लामा ब्लड वैंकको स्थापना गर्ने, विपद् पूर्व, विपदका समयमा र विपद् पछिको अवस्थामा समन्वयात्मक ढंग बाट सबै निकायले भुमिका वहन गर्ने लगायतका निर्णयहरु भएका छन् ।

अन्तरक्रिया कार्यक्रममा सांसद शक्तिबहादुर बस्नेत, राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ, पूर्व सांसद राजिव विक्रम शाह, समन्वय प्रमुख मनबहादुर रावल लगायत सात वटै स्थानीय तहका प्रमुख र जिल्ला स्थित सरोकारवालाहरुको उपस्थिती रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

विपद् व्यवस्थापन समितिकाे निर्णयहरु

No description available.

 

No description available.

No description available.

 

तपाईको प्रतिक्रिया