जाजरकाेटमा सेभ द चिल्ड्रेन र पाँचताराद्धारा भेरी नगरपालिकालाई स्वास्थ्य सामाग्री वितरण

प्रकाश राेकाय जाजरकाेट – सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मंच जाजरकोटले भेरी नगरपालिका जाजरकोटलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्नका लागि भन्दै ती संस्थाले एक कार्यक्रमका विच बिहिबार भेरी नगरपालिकालाई ६ लाख ५२ हजार ३४ रुपैयाँ ५० पैसा बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मंचले नगरपालिकालाई ४ थान हस्पीटल वेड, १० थान मृतक बोक्ने झोला, ५०० सेट एन्टीजेन किट, २ सेट १७ लिटरको स्प्रे पम्प, १५०० थान सर्जिकल मास्क, ७५ वटा पिपीई सेट, ५०० जोडा ग्लोप्स र ५ थान अक्सीमिटर लगायतका सामाग्री हस्तान्तरण गरीएको नेपाली युवाका लागि स्वस्थ्य रुपान्तरणका कार्यक्रम संयोजक अस्मिता राज भण्डारीले जानकारी दिनुभयो ।

उक्त सामाग्रीहरु भेरी नगरपालिकाका नगर स्वास्थ शाखा प्रमुख खेम पुनलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक भण्डारीले बताउनुभयो । सेभ द चिल्ड्रेन र पाँचतारा युवा संरक्षक मंच जाजरकोटले यस अघि अन्य पालिकाहरु र स्वास्थ्य सेवा कार्यालयमा स्वास्थ्य सामाग्रीहरु वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया