अखिल(क्रान्तिकारी)जाजरकाेटद्दारा स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सामग्री वितरण

दलाल संसदीय ब्यबस्थाका विरुद्ध हाम्रो आन्दोलन स्वस्थ जीवन कोराना मुक्त समाज हाम्रो अभियान स्वास्थ परिक्षण तथा स्वास्थ सामाग्री बितरण हाम्रो कार्यक्रम भन्ने नाराका साथ नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले गाउँगाउँमा अभियान संचालन गरेको छ । सोही अनुसार आज भेरी नगरपालिका ७ को दोकाना, डौँरिखोलामा स्वास्थ परिक्षण सहित माक्स, औषधि बितरण सँगै जनचेतना फैलाएको छ । प्रत्येक्षरुपमा जनताको घरमा पुगि स्वास्थ परिक्षण सहित माक्स, औषधि बितरण गर्दा जनताहरु हर्सित भएका अभियानमा जुट्नु भएका अखिल (क्रान्तिकारी) जाजरकाेटका अध्यक्ष बिराजन शाहिले बताउनुभयाे ।
Open Photo

Open Photo

Open Photo

अभियानमा अखिल (क्रान्तिकारी) जाजरकोट अध्यक्ष बिराजन शाही सोही संगठन उपाध्यक्ष दिपेन्द्र सिंह सोही संगठन सद्स्य सन्तोष चन्द युवा संगठन नेपाल जाजरकोट पुर्ब अध्यक्ष खडक सिंह सहितकाे टाेली अटिएकाे थियाे ।
तपाईको प्रतिक्रिया