टोलटोलमा कोरोना संक्रमित खोज्दै बारेकोट

May be an image of one or more people, people standing and outdoors

कार्कीज्युलामा काेराेना परिक्षण गर्न गएकाे स्वास्थ्यकाे टीम तस्वीर

बारेकोट, १९ जेठ । जिल्लाको बारेकोट गाउँपालिका यति वेला टोलटोलमा पुगेर कोरोना संक्रमित खोजिरहेको छ । गाउँपालिका भित्र परिक्षण गर्दा संक्रमण पुष्टी भएका टोलटोलमा पुगेर कोरोनाको परिक्षण गरिरहेको गाउँपालिका स्वास्थ्य संयोजक वीरराज सिंहले जानकारी दिए ।

उनका अनुसार, कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेका टोलहरुमा पुगेर कोरोना परिक्षण गर्ने र संक्रमण पुष्टी भएकाहरुको मनोवल उच्च राख्ने काम स्वास्थ्यकर्मीहरुले गरिहेका छन् ।

गाउँपालिकामा कोरोनाको लक्षण संग मिल्ने विरामीहरुको संख्या बढिरहेकोले कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिन टोलटोलमा कोरोना परिक्षण गरिरहेको समेत संयोजक सिंहको भनाई छ ।

बारेकोटमा प्रत्येक टोलमा कोरोनाको लक्षण मिल्ले विरामीहरु रहेको स्थानीय बताउँछन् । कोरोना दोस्रो लहर फैलिएपछि गाउँपालिकामा समेत कोरोनाका संक्रमितहरु बढिरहेकोले संक्रमण रोक्न पालिकाले गाउँगाउँमा पुगेर कोरोनाको परिक्षण गरिरहेको छ । रामीडाँडा, सक्ला, नायकवाडा र रोकायगाउँ कोरोनाको उच्च जोखिममा छन् ।

२ महिना सम्म पुग्ने औषधी छ

गाउँपालिकाको स्वास्थ्य शाखामा दुई महिना सम्म पुग्ने औषधी रहेको संयोजक सिंहले बताए । कोरोनाका विरामीहरुलाई खान मिल्ने औषधीहरु स्वास्थ्य शाखामा रहेको उनको भनाई छ ।

कोरोनाको औषधी नभएपनि देखिएका लक्षणहरुको औषधी स्वास्थ्य शाखामा स्टोर गरी राखिएको छ । कोरोना संक्रमितहरुलाई प्रतिरक्षा शक्ति बढाउन टेवा पुग्ने औषधीहरु रहेको संयोजक सिंहले जानकारी दिए ।

२४ वेडको आइसोलेसन तयार

गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि २४ वेडको आइसोलेसन तयार पारेको छ । वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयको नवनिर्मित भवनमा २४ वेडको आईसोलेसन तयार पारेको हो ।

गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढिरहेकोले उनीहरुको उपचारका लागि १२ वटा अक्सिजन सहित र १२ वटा साधारण वेडको व्यवस्थापन गरिएको छ । गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि विभिन्न विद्यालय र सार्वजनिक घरहरुलाई आईसोलेसनको रुपमा प्रयोग गर्ने घोषणा गरिसकेको  छ ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको बारेकोटमा पी.सी.आर भन्दा एन्टिजेन परिक्षणलाई प्राथमिकता दिईएको छ । परिक्षणको दर न्युन हुदाँ कोरोना संक्रमणको दर झनै बढिरहेको स्थानीय बताउँछन् ।

 

तपाईको प्रतिक्रिया