
खलंगा, ११ जेठ । जिल्लाको जुनिचाँदे गाउँपालिकाले कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ३६ लाखको औषधी र स्वास्थ्य सामाग्री खरिद गरेको छ ।
स्वास्थ्य शाखाको निशर्त तर्फ बिनियोजित रकमबाट एसबिए तालिम र सुरक्षित गर्भपतन तालिमका लागि छुट्याइएको बजेटलाई कार्यपालिकाको बैठकबाट रकमान्तर गरी गाउँपालिकाले ३६ लाखको औषधी र स्वास्थ्य सामाग्री खरिद गरेको हो ।
गाउँपालिकाले खरिद गरेका सामग्रीहरुमा सर्जिकल मास्क १८ हजार पिस, के ९५ मास्क १९० पिस, पल्स अक्सिमिटर १५ सेनिटाईजर ५० लिटर, ५०० एमएल ५०० बोतल र १०० एमएल ४०० बोतल, एन्टिजेन कीट ६५० पिस, १० वटा अक्सिजन सिलिन्डर, डिएस ग्लोब्स २ हजार पिस, एक्जामोनेसन ग्लोब्स ग्लोब्स २ हजार ५०० पिस, अक्सिजन फ्लोर मिटर ४ सेट, अक्सिजन मास्क ८ पिस, फेससिड १००
पिस, पिपिई सेट १०० पिस, स्ट्रेचर २२ वटा लगायत गरेर १० लाख बराबरको स्वास्थ्य सामग्री रहेको गाउँ स्वास्थ्य शाखा संयोजक प्रेम शाहीले जानकारी दिए । त्यसैगरी संयोजक शाहीले दिएको जानकारी अनुसार २६ लाख ८० हजारको विभिन्न औषधी खरिद गरिएको छ । ३६ लाख ८० हजारको औषधी र स्वास्थ्य सामाग्री खरिद गरिएको संयोजक शाहीले बताए ।
४ वटा अक्सिजन सिलिन्डर कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयको आपूर्ति शाखाबाट (निशुल्क) प्राप्त भएको छ संयोजक शाहीले भने–‘खरिद गरिएका स्वास्थ्य सामग्री र औषधी गाउँपालिका रहेका २२ वटै स्वास्थ्य संस्थाहरुमा पठाई सकेका छौं ।’
हालसम्म गाउँपालिकामा २५० जनालाई गरिएको एन्टिजेन परीक्षणबाट २५ जनालाई कोरोना पुष्टी भएको थियो । सन्चो भएर १३ जना घर फर्किएका छन भने, १२ जना सक्रिय संक्रमितको उपचार भई रहेको छ । गाउँपालिकाको जनताको स्वास्थ्य सेवामा सधैं खटिरहेको समेत शाहीले बताए ।
















































। ११ जेष्ठ २०७८, मंगलवार