कोरोनाको खोप लगाउन चाहनुहुन्छ ? यसरी भर्नुहोस अनलाईन फाराम !

जाजरकोट, २ जेठ । सरकारले कोरोनाको खोप लगाउन चाहनेका लागि अनलाइन फाराम भर्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकलाई स्वैच्छिक फारम भर्न आग्रह गरेको हो । स्वैच्छिक व्यक्तिगत दर्ता फारम भएको भन्दै मन्त्रालयले यो दर्ता फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सो माथिका व्यक्तिहरूले भर्न सक्ने जनाएको छ ।

यो दर्ता फारमबाट प्राप्त विवरणले पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्नका लागि सहज हुने मन्त्रालयले सूचनामार्फत जनाकारी दिएको छ । फाराम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।

फाराम भर्न याे लिक क्लिक गर्नुहाेस

https://vaccine.mohp.gov.np/?fbclid=IwAR2fZOTo4IjCunhFdQnfcisYPTH-NMqTT5BXcGdcR_yDMD9Q_G_FT2037xk

तपाईको प्रतिक्रिया