जाजरकोटमा आईतबार १५ जनाले जिते कोरोना, जिल्लाभर निको हुनेको संख्या ३ सय पुग्यो !


खलंगा, २ जेठ । जिल्लामा आईतबार मात्रै १५ जनाले कोरोना जितेका छन् । कोभिड १९ को दैनिक प्रतिवेदनमा १५ जनाले कोरोना जितेको उल्लेख गरिएको छ । यो संगै जिल्लामा कोरोना बाट निको हुनेको संख्या ३ सय पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्लाभर ७ सय ८ जनामा कोरोना संक्रमित पुष्टी भएकोमा ३ सयले कोरोना जितेका छन् भने, ३ सय ९८ सक्रिय संक्रमित रहेको छन् । जिल्लामा कुल ६ हजार ५ सय ८६ जनामा पी.सी.आर. गरिएको छ । जसमध्ये २ सय ९१ जना सक्रिय संक्रमित छन् । १ सय ११ जनाले कोरोना जितेर घर फर्किसकेको तथ्यांकमा छ । पी.सी.आर. विधी मार्फत गरिएको परिक्षणका १ सय ८० सक्रिय संक्रमितले होम आईशोलेशन र अस्पतालमा उपचार गरिरहेका छन् ।

यस्तै एन्टिजेन परिक्षण अन्र्तगत १ हजार २ सय १९ किट परिक्षण गरिएकोमा कुल ४ सय १७ संक्रमित फेला परेका थिए । जसमध्ये १ सय ८९ जना निको भएर घर फर्किसकेका छन् भने २ सय २८ जनाले होम आईसोलेशन र अस्पतालमा उपचार गरिरहेका छन् । जिल्लामा हाल सम्म १ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यस जिल्ला बाट रिफर गरिएको जम्मा ८ जना रहेको प्रशासनले जनाएको छ ।

दैनिक प्रतिवेदनमा कोभिड–१९ उपाचारका लागि जिल्लामा रहेको एक अस्पतालमा १ सय ३ वटा आईशोलसन बेड मध्ये अक्सिजन सहितका ३३ वटा बेड र ७० वटा साधारण आइशोलेसन बेड रहेको उल्लेख गरिएको छ । ३ वटा आईसीयु कक्ष रहेको अस्पतालमा १ वटा भेन्टिलेटर कक्षमा १ वटा एचडीयू बेड र ६७ वटा अक्सिजन सिलिण्डर रहेको उल्लेख गरिएको छ ।

May be an image of text

तपाईको प्रतिक्रिया