
मोहनसिंह बुढा
हुम्ला, २ जेठ । हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । अदानचुली गाउँपालिकाले शुक्रबारदेखि शुरु परिक्षणका क्रममा वडा नम्बर २ का २ जना र वडा नम्बर ३ का ३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज (आइतबार) बिहान गरिएको एन्टिजेन परिक्षणमा वडा नम्बर २ मा ४ जनामा गरिएको परिक्षणमा २ जना र वडा नम्बर ३ मा ५ जनामा गरिएको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए ।
जनस्वास्थ्य कार्यालयबाट लगिएको ४० वटा एन्टिजेनमध्ये हरेक वडामा ५ जनाको नमुना परिक्षण गर्ने क्रममा आज ५ जनालाई संक्रमण पुष्टि भएको संयोजक महताराले जानकारी दिए । यो सँगै हुम्ला जिल्लाभर संक्रमितको संख्या ५५ पुगेको छ । अहिलेसम्म जिल्लाभर ३३१ जनामा गरिएको एन्टिजेन परिक्षणमा ५५ जनालाई संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।
















































। २ जेष्ठ २०७८, आईतवार