रुकुम पश्चिमा जेठ ७ गते सम्म निषेधाज्ञा थप


रुकुम पश्चिम, ३० वैशाख । रुकुम पश्चिममा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले गत वैशाख १९ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा जेठ ७ गते राति १२ बजेसम्मका लागि थप गरेको हो ।

अझै पनि कोरोना भाईरसको संक्रमण नियन्त्रणमा नरहेको भन्दै विहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकको सिफारिसका आधारमा प्रशासनले निषेधाज्ञा एक साताका लागि थप गरिएको जनाएको छ ।

जिल्लामा नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले पहिलो पटक बैशाख ३१ गतेसम्म कायम रहने गरी निषेधाज्ञा जारी गरेको थियो । उक्त समय सकिन एक दिन बाँकी रहदा प्रशासनले आज थप एक साताका लागि निषेधाज्ञाको आदेश थप गरेको हो ।

संक्रमण अझै पनि बढ्दो क्रममा रहेका कारण कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको आदेशमा भनिएको छ । थप गरिएको अवधिमा पनि हाल जस्तै अति आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द रहने आदेशमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया