कोरोनाले लियो सल्यानमा प्रधानध्यापकको ज्यान


सल्यान, ३० वैशाख । कोभिड–१९ को संक्रमणबाट सल्यानमा एक प्रधानाध्यापकको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा, ६ निवासी ५० वर्षका प्रधानाध्यापकको बुधबार राति मृत्यु भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ। मृतक बनगाड कुपिण्डे नगरपालिका ७ स्थित बाल कन्याण प्राथमिक विद्यालय सिम्तिगैराको प्रधानाध्यापक थिए । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

२५ गते नगरपालिकाको अस्थाई आइसोलेसनमा उपचारपछि थप उपचारका लागि २७ गते जिल्ला अस्पताल सल्यान ल्याइएको थियो। बुधबार राति करिब १ बजेको समयमा उनको मृत्यु भएको हो। यससँगै सल्यानमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

तपाईको प्रतिक्रिया