जाजरकोटमा हाल सम्म २४६ जनाले जिते कोरोना, जिल्लाभर ३०५ सक्रिय संक्रमित


खलंगा, ३० वैशाख । जाजरकोटमा हाल सम्म २ सय ४६ जनाले कारोना जितेका छन् । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको कोभिड १९ को दैनिक प्रतिवेदनमा विहीबार सम्म २ सय ४६ जनाले कोरोना जितेको उल्लेख गरिएको छ । जिल्लाभर ६ हजार ५ सय ८६ पी.सी.आर. परिक्षण गर्दा १ सय ८६ जना कोरोना संक्रमित भएका थिए ।

जसमध्ये १ सय ११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने होम आईसोलेसन र अस्पतालमा गरी ७५ जना पी.सी.आर परिक्षणका सक्रिय संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

यस्तै, एन्टिजेन परिक्षण अन्र्तगत १ हजार ९८ जनामा परिक्षण गर्दा ३ सय ७२ जनामा कोरोना पुष्टी भएको थियो । जसअनुसार १ सय ३५ जनाले कोरोना जितेर घर फर्केका छन् भने एन्टिजेन परीक्षण तर्फको २ सय ३० जना सक्रिय संक्रमितले अस्पताल र होमआईसोलेशनमा उपचार गराई रहेका छन् ।

जिल्ला बाट ९ जना संक्रमितलाई बाहिर रिफर गरिएको समेत तथ्यांकमा उल्लेख गरिएको छ । २ जनाले कोरोनाको कारण जिल्लामा ज्यान गुमाएका छन् । दैनिक प्रतिवेदनमा कोभिड–१९ उपाचारका लागि जिल्लामा रहेको एक अस्पतालमा १ सय ३ वटा आईशोलसन बेड मध्ये अक्सिजन सहितका ३३ वटा बेड र ७० वटा साधारण आइशोलेसन बेड रहेको उल्लेख गरिएको छ । ३ वटा आईसीयु कक्ष रहेको अस्पतालमा १ वटा भेन्टिलेटर कक्षमा १ वटा एचडीयू बेड र ५४ वटा अक्सिजन सिलिण्डर रहेको उल्लेख गरिएको छ ।

May be an image of text

तपाईको प्रतिक्रिया