कोरोनाका कारण विश्वभर ३३ लाख ३३ हजार मानिसको मृत्यु

                                                      फाईल तस्विर

कोरोनाका कारण विश्वभर ३३ लाख ३३ हजार मानिसको मृत्यु भएको छ । कोरोना भाइरस सम्बन्धितथ्याङ्क अपडेट गराइरहेको वल्डमिटरर्सका अनुसार १६ करोड ३९ लाख ८ हजार मानिसमाकोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित भएका मध्ये १३ करोड ८१ लाख ९० हजार मानिसहरु उपचार पछि स्वस्थ भैसकेका छन् ।

कोरोनाकाकारण सबैभन्दा धेरै अमेरिकामा ५ लाख ९६ हजार मानिसको मृत्यु भएको छ भने भारतमा २ लाख ५४ हजार मानिसको मृत्यु भएको छ । यस्तै ब्राजिलमा ४ लाख २५ हजार मानिसले कोरोनाका कारण ज्यानगुमाएका छन् ।

फ्रान्समा १ लाख ६ हजार मानिसको मृत्यु भएको छ । रसियामाकोरोनाकाकारण हाल सम्म १ लाख १४ हजारको मृत्यु भएको छ । बेलायतमाभने १ लाख २७हजार मानिसको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया