धार्मिक द्धन्द कि छुवाछुतको अन्त्य ?


अहिले यो विषय कथित दलित समुदायमा अन्यौलको विषय बनेको छ । एकाथरी भन्छन्, हिंदु धर्मनै जातिय विभेदको जरो हो । कोहि भन्छन्, हिन्दु धर्म यसको कारक तत्व होइन् । कोहि भन्छन्, हिजोको मल्ल कालको जयस्थिति मल्लको पलामा समाज सुधारको नाममा भएको विभेदको कारणले नै विभेद भएको हो ।

कोहि भन्छन्, कथित दलित समुदायलाई जातिय विभेद गरेको नेपालको नयाँ मुलुकी ऐन १९१० ले नै हो । यो नयाँ मूलुकी ऐन जंगबहादुर राणाले मनुस्मृतिको आधारमा बेलायतको भ्रमण पछि बनाएका थिए । एक हद सम्म ठिकै होकि जस्तो लाग्छ तर मनुस्मृति आज भन्दा १२ हजार २ सय ३४ बर्ष अगाडि बनाइएको हो यसमा कुनै दुविधा छैन । यसका प्रमाण हामी संग छन् । जातिय विभेद आज भन्दा करिब करिब ३६ सय बर्षअगाडि बाट सुरु गरिएको हो ।

अब प्रश्न उठछ कि ? यदि त्यसो हो भने कसरी मनुस्मृतिका पालामा जातिय विभेद भयो ? हो यहाँ सजिलो उत्तर छ कि त्यति खेरको भरत बर्षको शासकले आफ्नो अनुकुल मनुस्मृतिलाई बनायो । मनुस्मृतिलाई संशोधन गर्यो । आफ्नो तरिकाले ठुलो, सानो,अझ सानो बनायो । संस्थागत रुपमा जातिय विभेद न गर्नेलाई कारवाही गर्ने भन्यो । जुन मनुस्मृतिको आज हामी कुरा गर्दैछौ । त्यो संशोधित हो । बिद्धानहरुले दुवै प्रकारको मनुस्मृति बजारमा ल्याउँदै हुनुहुन्छ । जुन गीता प्रेस गोरखपुरबाट नै आउने छ । हामी अध्ययन गरी स्पष्ट हुनेछौं ।

अब अर्को प्रश्न यो पनि उठ्छ कि नेपाली समाजलाई विखण्डन गराउन खोजिएको छ । जातिको नाममा, धर्मको नाममा र नश्लको आधारमा जातिको कुरा भन्दा पहिला नश्लको कुरा गरौं । मानव इतिहास हेर्दै जाँदा आज भन्दा २ लाख बर्ष अगाडि अफ्रिकाको जंगलमा आफ्नो अस्तित्व रक्षाका लागि,आफ्नो जिवन कसरी बचाउने भन्दै जंगली जनावर सँग पौठीजोरी खेल्दै गर्दा हामी कुन नष्लका थियौ ? जबकी हामी अफ्रिकामा थियौ । भने त पक्कै पनि हामी काला थियौ । अब भन्नुस् त्यहाँ हामीलाई हाम्रो नश्ल छुट्टाउन कापी कलम लिएरको आएको थियो त ?

अनि त्यतिखेर तिमी द्रविड अनि तिमी मंगोल अनि तिमी खस भन्दैको आएको थियो त ? आज नश्लका कुरा गर्ने विखण्डनकारी हरुलाई यो मेरो प्रश्न हो । यसको जवाफ तिनिहरुले दिनैपर्छ । हो आज मानवको अनुहार परिवर्तन भएको छ हामी मान्छौ यो परिवर्तन कसरी भयो ?
परिवर्तन त प्रकृतिको नियम हो ।

के पृथ्वीको उत्पत्ति हुदाँ यस्तै थियो र ? थिएन नि महादेशहरु कस्ता थिए ? आज परिवर्तन हुदैं यहाँ सम्म आयो । हो मानिसहरु पनि पृथ्वीको विभिन्न ठाउँमा वस्ने क्रममा अफ्रिकाको भूमिमा बस्नेहरु अत्याधिक गर्मीका कारणले काला भए । अति नै जाडो ठाउँमा बस्ने मानिसहरु गोरा अनि खैरो कपाल भएका भए । अनि ठिक्कको हावापानी भएको ठाउँमा बस्ने हरु न गोरा न काला जुगा दारी नभएका भए । अनि हामी एसिया अर्थात पहाडमा बस्नेहरु अहिलेको खस भयौं । त्यसैले हामी जसले यो नश्लयो हो उ हो भन्दै विखण्डन गराउन र लडाउन खोजेका छन् । हामी यस संग सतर्क हुनुपर्छ र हामी सबै मानव हांै । भन्ने भावना जागृत गराउनपर्छ ।

अर्को कुरा धर्मका आधारमा पनि संसारलाई लडाउन खोजिएको छ । धर्म के हो त ? धर्म धारणा हो, देखावटी पन होइन् । ईश्वर मान्ने कुरा हो, विश्वास भए मान्ने हो विश्वास नभए नमान्न पनि सकिन्छ, तर धर्म पालन गर्ने कुरा हो । धर्म कर्तव्य हो, अनुशासन हो, पालन गर्नुपर्छ, मानेर मात्र हुँदैन । धर्म पहिचान हो, अस्तित्व हो । धर्म जीवनको आधार हो आडम्बर होइन् । अन्धविश्वास होइन् । धर्म भनेको कुनै पनि वस्तुको कहिल्यै नफेरिने विशेषता हो उसको आफ्नै स्वभाव हो । आगोको धर्म तातो हुनु हो ।

पृथ्वीको धर्म गन्ध आउनु, बीउ उम्रिनु अनि हावाको धर्म सुकाउनु भनेजस्तै मानिसको धर्म मानवता हो । त्यसलाई मानवीय सद्गुण पनि भनिन्छ । मानवका लागि धर्म उसको आफ्नो परिचय हो, अस्तित्व हो र स्वाभिमान पनि हो । धर्म नहुँदा मानव मानव हुँदैन, दानव हुन जान्छ । मानव मानव नै हुन धर्म चाहिन्छ । धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रियलाई आफ्नो अधीनमा राख्नु, बुद्धि विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्विक आहारविहार गर्नु यी र यस्ता सद्गुणहरू नै धर्म हुन् । यि सबै धर्मका गुण हुन अब प्रश्न उठ्छ कि सबै धर्मका एउटै गुण छन भने किन धार्मिक लडाइ गर्नु पर्ने ? कुनै धर्मका फरक फरक बिचार त पक्कै पनि छैनन होला नि ?

अब नेपाल को कुरा गरांै । नेपालमा आफ्नो मौलिक धर्म भन्दा बाहिर गएर अरु अरु धर्मको पनि अभ्यास भएकोछ ठिकै छ । नेपाललाई २०७२ को संविधानले धर्म निरपेक्ष राष्ट्र बनाएको छ । हिजो धर्म सापेक्ष थियो आज निरपेक्ष भएको छ । संविधान अपरिवर्तनिय दस्तावेज पक्कै पनि होइन । भोलि के होला त्यो आफ्नो ठाउँमा छ । तर धर्म परिवर्तन गराएर धर्म धर्मका विच द्व्न्द्व फैलाउन खोजिँदै छ ।

नेपाली समाजलाई द्व्न्द्वको बाटोमा अग्रसर गराउन खोजिएको छ । धर्म परिवर्तन गराएर आउदो २०÷३० बर्ष भित्र लेबनानमा जस्तै मुस्लिम र इसाईको झगडा अनि प्यालेष्टाइनमा जस्तै यहुदि र मुसलमानको जस्तो लडाई ,रुवाण्डाको हुतु र तुत्सिको जस्तो लडाइ ,हिजोको तामिल र सिहाली जस्तै लडाएर कुन अभिष्ठ पुरा गर्न खोजिए छ ? यसको बिचार स्पष्ट छ कि देशलाई असफल राष्ट्र बनाउने सधै भरी उन्नति र प्रगतिको बाटोमा लैजानका लागि अवरोध खडा गर्ने मनाशायका साथ लागि परेका छन् हामि सचेत हुनैपर्छ ।

अब कुरा गरौं । नेपालमा भएको जातिय विभेद र छुवाछुतको बारेमा । हो नेपालमा जातिय विभेद छ छुवाछुत पनि छ । यसबाट करिब ६५ लाख दलित समुदाय हजारौं बर्ष देखि उत्पीडनमा परेका छन् । यदि हामी जातिय विभेद ब्राहमणवादी बिचारबाट उत्पादित हो भने हामी आजको यो परिवर्तित परिवेशमा छलफल किन नचलाउने ? ल ठिकै छ हिजो सत्तामा भएकाको उत्साहमा लागेर जोर जर्वरजस्ती कारणले छुवाछुत भयो तर आज परिस्थिति फरक छ ।

किनभने कसैले धर्मतिर गरौं । जातिय विभेदको अन्त्य हुन्छ । भनेका छन् कसैले हामी पनि यो राज्यमा उत्पीडनमा छौं । हामी मिलेर लडौं भनेका छन् । तर हामी भन्छौ लडाई गरेर मानिस मारेर कुनै पनि समस्याको समाधान हुदैन् । त्यो इतिहासले बताईसकेको छ । यति भनि रहँदा जहा बाट छुवाछुत सुरुभएको हो । त्यही बाट अन्त्यको सुरु गरिनुपर्छ । बाहिर बसेर हामी सफल हुदैनौं जसले जातिय विभेद गर्यो । त्यही तप्का नै अगाडि आएर छुवाछुतका अन्त्य गर्नुपर्छ । यदि त्यसो गरिएन भने नेपाल जातिय द्धन्दको ठुलो भुमरीमा पर्नेछ ।

६५ लाख दलित समुदाय हातमा दही जमाएर त्यसै अन्धभक्त भएर बस्ने छैन । त्यति खेर विपरितहरुको एकता हुन जानेछ । हाम्रा मुद्धालाई जसले सम्बोधन गर्ने छ । उही नै मित्र शक्ति हुने छ । त्यसैले गर्दा अधिकांश दलित समुदाय हिन्दु धर्ममा आश्रित छ । धर्मकै नाममा आफ्नो अपमान सहेर दोश्रो दर्जाको नागरिक भएर कुनै हालतमा पनि बस्ने छैन् । यो देश हाम्रो पनि हो । कुनै एकल जातिको बिर्ता पक्कै पनि होइन् । हामी मानव भएर बाँच्न चाहान्छौं ।

हिजोका हाम्रा पुर्खाले छुवाछुत ज्यु हजुर भनेर मौन समर्थन गर्दैं माने भन्दैमा हामी त्यस्तै हुने वाला छैनांै । अब कुरा निर्णायक हुनुपर्छ । हामी उधारोमा सहमति गर्ने छैनौं । हिन्दु धर्म भित्रका जडसुत्रवादी अतिवादि छुवाछुत र जातिय विभेदका पक्षपातिहरुले वेलैमा बुझ्दा हुंन्छ कि यो सामाजिक कलंक हटाउनै पर्छ । यदि त्यसो गरिएन भने मर्न या मार्न तयार हुनपर्छ । हामी देखि रहेका छौं । हिन्दु धर्म भित्र जातिय विभेद गर्नु हुदैन भन्ने तप्काका विद्धान पनि हुनुहुन्छ । उहाँहरु अति चिन्तित हुनुहुन्छ । यदि छुवाछुत अंत्य गर्न सकिएन भने देश मुठभेडमा जाने छ । अनि बिनाशको कार्यसुरु हुने छ भन्ने उहाँहरुले बुझ्नु भएको छ ।

यदि तपाईहरु पनि समतामुलक समाज निर्माण गरी जातिय विभेदको अन्त्य गर्न खोज्नु भएको हो भने बाहिर खुलेर बोल्नुहोस् । हामी समर्थन गर्नेछौ । यदि मैले माथि भनेका मानिसहरु हाम्रा दुस्मन हुने छन् । उनीहरुको अन्त्य निश्चित छ । सोचांै बिचार गरांै । मुठभेड रोकांै । हामी त यसै मर्न उसै मर्न तर मर्न जानेले मार्न पनि सक्छ । हामी हेरि रहेका छौ । को शत्रु को मित्रु हो ? हामीले चिनेका छौं । गाउँमा भएका कर्मकाण्डि हरु नै वदमास हुन् । उनिहरु नै जातिय विभेद गरेका छन् । छुवाछुत पनि उनिहरुले नै गरेका छन् । हामी देखि रहेका छौं ।

चाहे अजित मिजारको काण्ड होस, चाहे मना सार्किका हत्यारा हुन्, चाहे रुकुमको घटना होस्, चाहे नवलपुरको घटना होस्,चाहे रौतहटको घटना होस्,चाहे झापाको घटना होस् ति सबै कर्मकाण्डि हरुबाट भएका छन् । छुवाछुत र जातिय बिभेद । त्यसैले जातिय बिभेद रोक्नका लागि अब तयार हुने कि नहुने ? भन्दै छन् धर्म परिवर्तन गरौं जातिय छुवाछुतको अन्त्य हुनेछ । तर हुनेवाला छैन बरु धर्म परिवर्तन गराई धार्मिक द्धन्द गराई हाम्रो छुवाछुतको मुद्धालाई ओझेलमा पार्न खोजिदै छ । धार्मिक लडाई काटाकाट र मारामार गराउन खोजिंदै छ ।

त्यसैले कर्मकाण्डि रामनमी जप्नेहरु खबरदार अब जातिय विभेद अन्त्य गर्नका लागि हामीसंग सहकार्य गर । आदरणीय विद्धान गुरुहरुको कुरा सुन्ने गर । वेलैमा भलो हुनेछ । देश धार्मिक अहिंसाबाट बच्नेछ ।

तपाईको प्रतिक्रिया