अखिल क्रान्तिकारी जाजरकोटको अध्यक्षमा शाही

३३ जनाको जिल्ला कमिटी

जाजरकाेट, ७ वैशाख । विप्लव नेकपा निकट अखिल क्रान्तिकारी जाजरकोटको अध्यक्षमा विराजन शाही निर्वाचित रहेका छन् । सदरमुकाम खलंगामा भएको २० औं सम्मेलन बाट शाही निर्वाचित भएका हुन् । लामो समयदेखि विद्यार्थी राजनितीमा सक्रिय शाही यस भन्दा अगाडि पनि जाजरकोटको अध्यक्ष भएर काम चलाईसकेका छन् ।

यस्तै संगठनको उपाध्यक्षमा दिपेन्द्र सिंह र तिलक विष्ट निर्वाचित भएका छन् भने सचिवमा विरेन्द्र शाही निर्वाचित भएको अखिल क्रान्तिकारी जाजरकोटले जनाएको छ । यस्तै कोषाध्यक्षमा भवानी मल्ल, सह — सचिवमा मनिष चन्द्र निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा सुशील शाही, सन्तोष चन्द , प्रेम राणा लगायत ३३ सदस्यी जिल्ला कमिटी निर्माण गरिएको छ । दलाल पुजींवादी शिक्षा प्रणालीका विरुद्ध संगठनको पहिलो काम हुने समेत निर्वाचित पदाधिकारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया