क्रान्तिकारीको जिल्ला भेला : ‘शैक्षिक क्षेत्रमा माफियाहरुको चहलखेल बढ्यो’

No description available.

जाजरकोट, ७ वैशाख । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी जाजरकोटको २० औं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सदरमुकाम खलंगा स्थित थाप्ले बसपार्कमा केन्द्रिय सचिव देखि भेरी कर्णाली व्यरो लगायत जिल्लाका सक्रिय नेताहरुको उपस्थितीमा सम्मेलन सकिएको हो । ‘दलाल पुजींवादी शिक्षा प्रणालीको विरुद्धमा हाम्रो आन्दोलन सुदृढ संगठन र वैज्ञानिक समाजवादी शिक्षा प्राप्तीका लागि २० औं जिल्ला सम्मेलन’ भन्ने मुल नाराका साथ सात वटै पालिकाका विद्यार्थीहरुको उपस्थिती रहेको अखिल क्रान्तिकारी जाजरकोटका सचिव दिपेन्द्र सिंहले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी विद्यार्थी संगठन नेपालको केन्द्रिय सदस्य सन्तोषी भट्टराईले शैक्षिक क्षेत्रमा माफियाहरुको चहलखेल बढेका कारण अहिलेको शिक्षा प्रणाली खसकिएको बताईन् । उनले भनिन्, ‘यहाँको शिक्षा प्रणालीमा माफियाहरुको ठुलो चहलखेल भईरहेको छ, जागिर खुवाउने क्रममा राम्रोलाई होइन् हाम्रो हेर्ने परम्पराका कारण शिक्षा क्षेत्र नराम्ररी थला परेको हो ।’ यस्ता समस्याहरुमा अखिल क्रान्तिकारी अग्र पंक्तिमा रहेर काम गर्ने र विद्यार्थीको समस्या समाधानमा निरन्तर लाग्ने समेत भट्टराईले दावी गरिन् ।

दलाल पुजींवादी शिक्षा प्रणालीको अन्त्य गरी वैज्ञानिक समाजवादी शिक्षा प्रणालीको स्थापना गर्नु अखिल क्रान्तिकारीको उद्धेश्य रहेको समेत बताईन् । वर्तमान सरकारले ठुलो मात्रामा शैक्षिक क्षेत्रमा भष्ट्रचार गरेकोले यहाँका यूवाहरुका समस्याहरु ज्यु का त्यु रहेको उनको भनाई छ । यस्तै विप्लव नेकपा जाजरकोटका पुर्व इन्चार्ज धमिलले भने, जनताको हकहितका लागि लड्ने पार्टी र विद्यार्थीको समस्याका लागि लड्ने संगठन अखिल क्रान्तिकारी र नेकपा विप्लव रहेको बताए । उनले भने, ‘वर्तमान सरकारमा रहेका सबै भष्ट्रचारी र देशद्रोहीले देश बेच्न लागेका छन्, कहाँ यहाँको शैक्षिक सुधारका लागि उनीहरु सोच्छन् ।’

नेपाली कम्युनिष्ट पार्टीमा विप्लव नेकपा बाहेक अरु सबै चोर र राष्ट्रिया विरोधी भएको समेत दावी गरे । ‘वर्तमान सरकारले हाम्रा कार्यकर्तालाई रिहाई गरेको छैन, हामीले गरेको सम्झौता बमोजिम पार्टीका कार्यकर्ताको रिहाई नगरे देशले ठुलो क्षति व्यहोर्नुपर्छ’ उनले थपे । डोल्पा ईन्चार्ज प्रेमबहादुर शाहीले भने, ‘पहिले हामीलाई यहाँको प्रहरी प्रशासनले यातना दियो, देशको राष्ट्रियता बचाउन लागेको वेला, हाम्रा कार्यकर्तालाई कारवाही ग¥यो तर अहिले देशमा राष्ट्रियता नै खलल पार्ने एमसीसी पास हुन लाग्दा कहाँ हेरेको छ ।’

विद्यार्थीहरुको हकहितका लागि हामीले आवाज उठाउँदै आएका छौँ र निन्तर आवाज उठाईरहेने छौँ त्यसैले कुनै पनि विद्यार्थी साथीहरुलाई विचलित नहुन भन्दै समेत शाहीले आग्रह गरेका छन् । सम्मेलनको पहिलो सत्रमा बोल्ने अधिकांश वक्ताहरुले दलाल पुजींवादी शिक्षा प्रणालीको विकल्पका रुपमा वैज्ञानिक समाजवादी शिक्षा प्रणाली हुन आवश्यक रहेको बताएका थिए ।

तपाईको प्रतिक्रिया