कटीगाउँ
जाजरकोट,३० चैत्र । कटी गाउँका युवादेखि वृद्धसम्म सबै पुरुष धन कमाउन कालापहाड ‘भारत’ गएपछि महिलाले मात्र गाउँ कुरिरहेका छन् । याे गाउँ भेरी नगरपालिका ११ मा पर्छ ।
गाउँमा पुरुष नहुँदा महिलाले पूरै गाउँको रेखदेख गर्न थालेका हुन् । गाउँका सबै महिला दिनमा स्याउला, सोत्तर तथा दाउरा संकलन गर्न वा अन्य कुनै काममा निस्किएका बेला घरमा भएका महिलाले पूरै गाउँको रेखदेख गर्ने गरेको स्थानीय अमृत विकले बताए ।
‘पुरुषजति कालापहाड गएपछि गाउँ शून्य बनेको छ, मलामी जानेसम्म लोग्ने मान्छे पाइँदैन’, उनले भने, गाउँमा १ सय २५ घरधुरी छन्, सबै गाउँमा मानिसहरु ऋणमा डुवेका छन् ।’ गाउँमा अहिले पुरुषको नाममा दुई चार जना केटाहरु बाहेक अन्य खाजेर भेटाउन नसकिने स्थानीय विरमान विकले बताए ।
उनले भने, ‘गाउँमा अहिले पुरुषहरु हुदैनन्, साहुको ऋण तिर्न सबै जना गाउँ छाडेर कालापहाड गईसकेका छन् ।’ कटी गाउँ सदरमुकाम भन्दा २० कोष घण्टा टाढा पर्छ । गरिबी र अशिक्षाका कारण धन कमाउन कालापहाड नै जानुपर्छ भन्ने यस गाउँका पुरुषको सोचाई छ । गाउँका पुरुषमध्ये एक जना संस्थामा कार्यरत छन्, भने अरू सबै बेरोजगार छन ्। मंसिर लागेसँगै उनीहरू फुर्सदको समय धन कमाउन भन्दै कालापहाड निस्किन्छन् । पुरुषहरू कालापहाड निस्कने कटीगाउँ जिल्लाको प्रतिनिधि गाउँ हो ।
जिल्लाका अधिकांश गाउँमा पनि पुरुषको शून्यता छ । त्यस्तै, जाजरकोटका अधिकांश बेरोजगार पुरुष मंसिरदेखि चैतसम्म धन कमाउन कालापहाड जाने गर्छन ्। यो समय गाउँमा घरायसी कामसँगै विकासे गतिविधि पनि खासै नहुने भएकाले यहाँका युवादेखि वृद्धसम्म कालापहाड जान बाध्य छन् । यहाँ बाट के–कति पुरुष कालापहाड छिरे भन्ने यकिन तथ्यांक नभए पनि यो समयमा कम्तीमा पनि २० हजार पुरुष कालापहाड छिर्ने गरेको स्थानीय बताउँछन्।
‘गाउँमा पैसा कमाउने विकल्प छैन, पैसा नभए भोको पेट भरिँदैन’, कटीगाउँका जीतबहादुर कामीले भने, ‘पुर्खादेखि कालापहाडको दुःख हटेन, घरखर्च चलाउन कालापहाड जान बाध्य छौं ।’ गाउँ–गाउँमा आएको सिंहदरबारमा बस्ने सिंहहरू नअघाउन्जेल गरिब–दुःखीलाई रोजगारी नमिल्ने भन्दै उनले दुखेसो पोखे । स्थानीय मनकला विक घरायसी समस्याका कारण बाध्य भएर श्रीमानलाई कालापहाड पठाउनुपरेको बताइन ्। ‘
श्रीमानलाई परदेशमा अर्काको भारी बोक्न पठाउने रहर कसालाई पो हुन्छ र ? तर गाउँमा केही काम पाइँदैन’, उनले भनिन्, ‘गाउँमा खाली बसेर कसरी पाँच जनाको परिवार पाल्नु ? ’ गाउँ नै ऋणमा डुवेपछि स्थानीय साहुको ऋणका लागि दसैको वेला गाउँ फर्कने र अन्य समय भारत तिर काम गर्न जाने गरेका छन् ।
गाउँमा राम्रो ज्याला पाईदैन्, धेरै समयको काम पनि पाईदैन् गरेको कामको ऋण तिर्न ठिक्क हुन्छ के खाने ? स्थानीय नरबहादुर वर कामीले बताए । यसरी वेरोजगार बसेका यूवाहरुलाई देशमा रोजगारीमा जोड्न सके स्थानीय सरकारको महसुस गर्ने देखिन्छ ।
। ३० चैत्र २०७७, सोमबार