दलित मुक्ति मोर्चा नेपाल जाजरकोटको अध्यक्षमा ध्रबिन्द्र बिक

 

चैत्र ३०,
-तिलक बिष्ट, जाजरकोट
दलित मुक्ती मोर्चा नेपाल जाजरकोटको पहिलो जिल्ला सम्मेलन जाजरकोटको बारेकोट सेपुखोलामा सम्पन्न भएको छ । “दलाल पुँजिवादी संसदीय व्यवस्थाका आधुनिक बिभेदका बिरुद्ध संघर्ष गरौ, वैज्ञानिक समाजवादका पक्षमा पहिलो जिल्ला सम्मेलन सफल पारौं !” भन्ने मुल नाराका साथ आईतवार सम्पन्न उक्त सम्मेलनबाट ध्रबिन्द्र बिक (क.निर्मम)को अध्यक्षतामा दुई सदस्य पछि थप्ने गरि १३ सदस्यीय जिल्ला समिती चयन गरिएको छ । जसमध्ये उपाध्यक्षमा क. हरिष बिक र क. नवराज बिक, कोषाध्यक्षमा क. धनकली बिक, सचिवमा राजेश बिक (क. सरल), सह- सचिबमा क. तिलक बिक र क. गोबिन्द बिक सदस्यहरुमा क.बल ब. गन्दर्ब, पदम नेपाली, टेक ब.नेपाली, क.दोभान, चुनिएका छन । उक्त सम्मेलनको उद्घाटन समारोहमा शुभकामना मन्तब्य दिदै जाजरकोट जिल्ला इन्चार्ज क. संगमले सामाजिक फाँसिस्ट दलाल पुँजिवादी व्यवस्थामा सम्पुर्ण जातजाति र भाषाभाषीहरुको आफ्नो कला सँस्कृतीको रक्षा र राजनितीक अधिकार सुनिस्चित नभएको र बिद्यमान व्यवस्थाको बिरुद्ध राजनितीक संघर्ष नगरिकन सामाजिक बहिष्कारणमा पारिएका उत्पीडित सम्प्रदायको पुर्ण मुक्ती सम्भव नभएको कुरा व्यक्त गर्दै उत्पीडित सम्प्रदायको मात्रै नभएर आम मानवजातिको पक्षमा बैज्ञानिक समाजवादको अपरिहार्यता रहेको कुरा बताउनु भयो ।
यसैगरी भेक ब्युरो सदस्य क. धमिलले उत्पीडित वर्ग सम्प्रदायको निम्ति स्वयम् दलित समुदाय बैज्ञानिक समाजवाद प्राप्तिको लागि राजनीतिक आन्दोलनमा सक्रिय हुनुपर्ने कुरा राख्नुभयो । लैङ्गकि उत्पिडन, वर्गिय थिचोमिचोका साथै जातिय रुपमा पनि बहिष्करणमा पारियका दलित महिलाहरूको परिवर्तन राजनीतिक आन्दोलनबाट मात्र सम्भव भएको कुरा अनेमसं (क्रान्तिकारी)कि अध्यक्ष क. सम्भावनाले शुभकामना मन्तव्यमामा राख्नुभयो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष ध्रबिन्द्र बिकले वर्ग संघर्षको सबैभन्दा उच्च रुप जात व्यवस्था र यस्कै आधारमा गरिएको सामाजिक विभेद र बहिस्करण हो । वहिस्करणमा पारिएका वर्ग समुदायलाई बिशेषाधिकार सहितको सामाजिक समानता कायम गर्नकालागी सम्पुर्ण उत्पीडित वर्गसमुदायलाई विद्यमान सामाजिक दलाल पुँजिवादी संसदीय रज्यव्यवस्थाको आधुनिक बिभेदका विरुद्ध राजनीतिक संघर्षमा उतृन अपिल गर्दै सम्पुर्ण दलित राजनीतिक संगठनहरु संयुक्त मोर्चा निर्माण गरि उन्नत व्यवस्थाका लागि राजनीतिक संघर्ष समेत गर्नुपर्ने धारण राख्नुभयो । व्यापारी, किशान, मजदुर, युवा, विद्यार्थी, शिक्षक, शुरक्षाकर्मि लगाएत जनसाँस्कृतिक टिमको साँस्कृतिकप्रस्तुति सहित सयौ जनसमुदायको उपस्थितिमा सन्चालन भएको उद्घाटन समारोहको उद्घोषण क. सितलले गर्नुभएको थियो भने अथितिमा नेकपा बारेकोटका सेक्रेटरी क. सुप्रेम समेत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया