बाजेको मलामी गएका लालबहादुर चार दिन देखि वेपत्ता

वेपत्ता भएका आउने आशामा आफन्त

जाजरकोट, ३० चैत्र । बाजेको मलामी गएका भेरी नगरपालिका १२ जगतिपुरका लालबहादुर लुहार वेपत्ता परेका छन् ।

मावलका बाजेको मलाम गएका २८ बर्षिया लुहार चार दिन देखि वेपत्ता रहेको स्थानीय दिपेन्द्र विकले जानकारी दिए । उनका अनुसार, भेरी नगरपालिका १३ खोदाखोला नजिकै नुहाउने क्रममा भेरी नदीमा डुवेर वेपत्ता भएका हुन् ।

दिउँसो ३ बजेको समयमा वेपत्ता भएका लुहार अहिले सम्म भेटिएका छैनन् । आफन्त र प्रहरीले खोजी गरिरहेको विकले बताए । वेपत्ता विकका श्रीमति र दुई छोरा रहेको पारिवारीक श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया