कर्णालीका रिक्त चार मन्त्रालयकाे जिम्मेवारी मन्त्री केसी र भण्डारीलाई

सुर्खेत ,२८ चैत्र । कर्णालीका चार मन्त्रीले दिएकाे राजिनामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वीकृत गरेका छन ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री  दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री समक्ष राजिनामा केहिदिन पहिले राजिनामा दिएका थिए ।

मुख्यमन्त्री शाहीले राजीनामा स्वीकृत गरेपश्चात रिक्त रहेको आर्थिक मामिला तथा योजना  र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी लाइ दिएका छन्  ।

यस्तै  भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयकाे  जिम्मेवारी  हाल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री  विमला केसीलाइ ताेकेका छन्  ।

तपाईको प्रतिक्रिया