काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्को विद्रोहमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन्।
शनिबार काठमाडौंको बबरमहलमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको चौंथो केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ खालको विद्रोहमा संगठित हुनुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।
‘हामीले सकेसम्म सहज ढंगले हाम्रो संविधान, ऐन कानुन र राजनीतिक दलहरुको नेतृत्व र बहुमतको भावना अनुसार सहज ढंगले एउटा रुपान्तरण बनोस् भन्ने हाम्रो प्रयास छ’, अध्यक्ष प्रचण्डले भने, ‘यदि त्यसो भएन र साँच्चै संविधानलाई मिच्ने नै कोशिस जारी रह्यो भने, यदि लोकतान्त्रिक मान्यतालाई कुल्चने र निरंकुश र स्वेच्छाचारी ढंगले नै जाने कोशिस भयो भने एउटा नयाँ खालको विद्रोहमा हामी संगठित हुनुपर्ने र विद्रोहमा जानुपर्ने अवस्था आउनसक्छ, केही समयपछि नै।’
वैधानिक ढंगबाट बनेको नेकपालाई असंवैधानिक तरिकाले हटाएर पूर्व पार्टीहरू ब्युँत्याएको प्रचण्डले दाबी गरे ।
















































। २८ चैत्र २०७७, शनिबार