प्रचण्डले भने, ‘सरकार केही दिनपछि ढल्दैछ’

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनमै नयाँ सरकार गठन हुने दाबी गरेका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति चौथो केन्द्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सरकारको नेतृत्वमा को जान्छ भन्ने महत्वपूर्ण होइन।   प्रधानमन्त्री को भन्दा पनि सरकार संविधान अनुसार चल्ने हुनुपर्छ भन्ने हाम्रो कुरा हो। अब यो सरकार धेरै दिन टिक्दैन।’ नयाँ सरकार गठन भएपछि देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाउन खोजेको कालो बादल हट्ने दाबी गरे।  ‘राष्ट्र र जनताको विषयको पक्षमा मिलेर आन्दोलन गरेका थियौँ। एकताको बेलामा जुन लक्ष्यका साथ गरेका थियौँ त्यो पुरा हुन सकेको छैन’ उनले भने, ‘संविधानलाई मिच्ने प्रयास भइरह्यो भने केही समय पछि नै हामी विद्रोहमा जानुपर्ने हुनसक्छ। त्यसका लागि हामी शान्तिपूर्ण विद्रोह गछौँ।’परिस्थिति अझै सहज बनिनसकेको बताउँदै ओलीले बेमौसमी चुनाव घोषणा गरेर देशलाई अँध्यारो सुरुङमा धकेलेको आरोप लगाए। ‘हाम्रो देशको अदालतले तीन वर्ष पहिल्यै फर्क भनिदियो। ओलीको अनुशासनविपरीत चलेको भन्दै ७० प्रतिशत बहुमतले साधारण सदस्यबाट बाट हटाएको थियो। संसदीय दलमा समेत बहुमतको हस्ताक्षरअनुसार वैधानिक र आधिकारिक रूपमा निर्णय गरेको थियो’ उनले भने, ‘सरकारले सेटिङमार्फत बेइमानी ढंगले त्यसलाई भत्काइदियो।’ प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको तर्क छ। ‘संसदीय दलको नेताबाट हटेपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने हो। तर, पार्टी सदस्यबाट हटेको मान्छेलाई पनि फेरि पार्टी अध्यक्षमा फर्काइदियो। यस्तो विचित्रको निर्णय अरू कही पनि हुँदैन। सेटिङमा गरे भन्छन्। कस कसको कहाँ कहाँको सेटिङ हो’ उनले भने। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि एकजुट भएको आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए। एक भइसकेको पार्टीलाई अदालतले जबरजस्ती छुट्टयाइएको सुनाए।
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनमै नयाँ सरकार गठन हुने दाबी गरेका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति चौथो केन्द्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सरकारको नेतृत्वमा को जान्छ भन्ने महत्वपूर्ण होइन। प्रधानमन्त्री को भन्दा पनि सरकार संविधान अनुसार चल्ने हुनुपर्छ भन्ने हाम्रो कुरा हो। अब यो सरकार धेरै दिन टिक्दैन।’ नयाँ सरकार गठन भएपछि देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले लगाउन खोजेको कालो बादल हट्ने दाबी गरे।  ‘राष्ट्र र जनताको विषयको पक्षमा मिलेर आन्दोलन गरेका थियौँ। एकताको बेलामा जुन लक्ष्यका साथ गरेका थियौँ त्यो पुरा हुन सकेको छैन’ उनले भने, ‘संविधानलाई मिच्ने प्रयास भइरह्यो भने केही समय पछि नै हामी विद्रोहमा जानुपर्ने हुनसक्छ। त्यसका लागि हामी शान्तिपूर्ण विद्रोह गछौँ।’परिस्थिति अझै सहज बनिनसकेको बताउँदै ओलीले बेमौसमी चुनाव घोषणा गरेर देशलाई अँध्यारो सुरुङमा धकेलेको आरोप लगाए। ‘हाम्रो देशको अदालतले तीन वर्ष पहिल्यै फर्क भनिदियो। ओलीको अनुशासनविपरीत चलेको भन्दै ७० प्रतिशत बहुमतले साधारण सदस्यबाट बाट हटाएको थियो। संसदीय दलमा समेत बहुमतको हस्ताक्षरअनुसार वैधानिक र आधिकारिक रूपमा निर्णय गरेको थियो’ उनले भने, ‘सरकारले सेटिङमार्फत बेइमानी ढंगले त्यसलाई भत्काइदियो।’ प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको तर्क छ। ‘संसदीय दलको नेताबाट हटेपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने हो। तर, पार्टी सदस्यबाट हटेको मान्छेलाई पनि फेरि पार्टी अध्यक्षमा फर्काइदियो। यस्तो विचित्रको निर्णय अरू कही पनि हुँदैन। सेटिङमा गरे भन्छन्। कस कसको कहाँ कहाँको सेटिङ हो’ उनले भने। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि एकजुट भएको आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए। एक भइसकेको पार्टीलाई अदालतले जबरजस्ती छुट्टयाइएको सुनाए।

तपाईको प्रतिक्रिया