दार्माका विद्यालय बन्द भएनन्

सल्यान : नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरे पनि सल्यानको दार्मामा भने शैक्षिक संस्था खुल्ला नै रहेका छन्। वायु प्रदूषण बढेकोले देशभरका विद्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था नआएको भन्दै गाउँपालिकाले सोमबार नै विद्यालय सञ्चालन गर्न आग्रह गरेको थियो।

लामो समयसम्म कोभिड–१९ का कारण पठनपाठन प्रभावित भएको तथा वायु प्रदूषणको पनि प्रभाव नपरेकाले गाउँपालिकाका सवै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका शिक्षा अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए। कार्यपालिकाको वैठकको निणय अनुसार नै विद्यालय सञ्चालन भएको उनको भनाइ छ।

उनले भने ‘आज पहिलो दिन भएकाले आशिंक विद्यालय मात्र खुले पनि भोलिबाट गाउँपालिकाका सवै विद्यालय सञ्चालनमा आउँछन्।’ हालसम्म वातावरणीय असहजता सिर्जना नभएको तथा लामो समयदेखि कोभिड–१९ को कारण पठनपाठनमा समस्या भएकोले जेठ महिनामा सञ्चालन हुने वार्षिक परीक्षालाई मध्यनजर गरी पठानपाठन नरोकेको ढकालले बताए।

तपाईको प्रतिक्रिया