
जाजरकोट, २ चैत्र । जिल्लाको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र वहादुर शाहले गाउँपालिका केन्द्र लिम्सा सम्म वाह्रै महिना गाडी चल्ने वनाउन लागि परेको वताएका छन् ।
आइतवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रादेशिक एवम् स्थानिय सडक निर्माण तथा सुधार सुभारम्भ समारोहमा सहभागी हुन वीरेन्द्रनगर पुगेका अध्यक्ष शाहले यस्तो वताएका हुन् ।
अध्यक्ष शाहका अनुसार गाउँपालिकाको एउटा वडाको केन्द्र वाहेक आठ ओटा वडाको केन्द्रमा नयाँ ट्राक खोलेर गाडी पुर्याउन आफुहरु सफल भएको वताए। हिउँदको समयमा गाडी पालिका केन्द्रसम्म गएपनि वर्षातको समयमा गाडी पुग्न नसक्ने समेत वताएका छन्।
सोही समस्यालाई मध्यनजर गर्दै आफु गाउँपालिकाको जनप्रतिनिधीको रुपमा सहभागी हुन सुर्खेत आईपुगेको वताए । संघिय मामिला तथा सामान्य प्रशासन मंन्त्रालय संग सडक कालोपत्रे तथा पुल निर्माण सम्बन्धी महत्वपुर्ण माग राखि नेपाल सरकार, प्रदेश सरकार र स्थानिय तह बिच समझदारी–पत्रमा(ःयग्) हस्ताक्षर समेत गरेका थिए ।
पालिकाको केन्द्रसम्म सडक कालोपत्रे तथा पुल निर्माणको जिम्मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिएपनि वर्षातको समयमा आउने पहिरोले अवरुद्ध वनाउने सडक मर्मत तथा सडक विस्तारको जिम्मा भने स्थानिय सरकारको नै रहेको जानकारी दिए ।
यस्तै जिल्लाको शिवालय गाउँपालिकाको केन्द्र जोड्ने सडक छेडा—मोर्क शिवालय सडक आयोजनाको कालोपत्रे गर्नका लागि हस्ताक्षर गरिएको शिवालय गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । स्थानिय तहको केन्द्रसम्म पक्की सडक संन्जाल जोड्ने मुख्य उद्धेश्य राखेको संघिय मामला तथा सामान्य प्रशासन मंन्त्रालयको आयोजनामा आईतवार सुर्खेतमा भर्चुअल मिटिङ्ग सम्पन्न भएको थियो ।
भचुअल मिटिङ्गलाई संम्वोधन प्रधानमन्त्री के पि शर्मा ओली तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले गरेका थिए । कार्यक्रममा सातै प्रदेशका स्थानिय निकायका जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । #कुशे न्युज#
















































। २ चैत्र २०७७, सोमबार