सल्यान उद्याेग वाणिज्य संघमा एमाले र काँग्रेसले बराबर पद जिते, माओवादी शुन्य

सल्यान । सल्यान उद्याेग वाणिज्य संघमा संयुक्त व्यवसायीक प्यानलबाट १९ जना र प्रगतिशिल व्यवसायीक प्यानलबाट २ जना निर्वाचित भएका छन् ।
संयुक्त प्यानलमा नेपाली काँग्रेस, नेकपा एमाले केपी ओली पक्ष र राप्रपाकाे समर्थन थियाे भने प्रगतिशिल प्यानलमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले माधव नेपाल पक्षकाे समर्थन थियाे ।

पार्टीगत समर्थनलाइ हेर्दा संघमा एकातिर नेपाली काँग्रेस र अर्काेतिर नेकपा एमाले (केपी ओली र माधव नेपाल) लाइ जाेड्दा बराबरी देखिन्छ । एमालेबाट दुइ टिम विभाजन भएर चुनाव लडेकाे थियाे ।

त्यस्तै राप्रपा देखिएकाे छ भने नेकपा माओवादी केन्द्रले कुनै पनि पद जितेकाे छैन् । काँग्रेस र एमालेले ९/९ र राप्रपाले ३ वटा पद गरेर कुल २१ वटा पद जितेका छन् ।

प्रगतिशिल प्यानलबाट जित्ने दुइजनामा महासचिव माेहन सारु र जनजाति सदस्य निरज सिंह रहेका छन् । यी दुवै एमाले माधव नेपाल पक्ष हुन् । यसमा माओवादी समर्थनका कुनैपनि उमेद्वारले जितेका छैनन् । एमाले माधव टिमका दुइ जना बाहेक याे प्यानलबाट १९ जना नै पराजित भएका छन् ।

संयुक्त प्यानलबाट जित्ने अन्य १९ जना मध्ये उद्याेग उपाध्यक्ष प्रेम बहादुर पुन सहित दुइ जना सदस्य राप्रपा समर्थनका हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष बिरेन्द्र कुमार श्रेष्ठ र काेषाध्यक्ष सुरेन्द्र बुढा सहित ५ जना सदस्य नेकपा एमाले केपी ओली समर्थनका हुन् ।

त्यसैगरी अध्यक्ष कुमार बुढाथाेकी, बाणिज्य उपाध्यक्षमा भरत कुमार बस्नेत, सचिव सुरेश कुमार केसी सहित ६ जना काँग्रेस समर्थन हुन् । संयुक्त प्यानलबाट पराजित हुने महासचिवका उमेद्वारा रुपक बुढा एमाले केपी ओली पक्षका हुन् भने सदस्यका उमेद्वार कमल घर्तीमगर काँग्रेस समर्थनका हुन् ।

तपाईको प्रतिक्रिया