गर्भवती महिलाको उद्धार

No description available.

जाजरकोट, ७ फागुन । जिल्लाको छेडागाड नगरपालिकामा एक गर्भवती महिलाको उद्धार गरिएकोे छ । सोही नगरपालिका वडा नं १ निवासी २३ बर्षकी कविता बुढाको उद्धार गरिएको हो ।

फागुन ६ गते वेथाले थलिएकी बुढालाई शुक्रबार विहान मात्रै नगर उप प्रमुख सरिता वलीको विशेष पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको अनेरास्ववियू छेडागाड नगरपालिका संयोजक तिलक खड्काले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टर मार्फत क्षेत्रिय अस्पताल सुर्खेतमा उद्धार गरिएको छ । स्वास्थ क्षेत्रको लापरबाहीले गर्दा अझै पनि कति आमा दिदी बहिनीको ज्यान जोखिममा परीरहेको र यस्ता खालका समस्यामा समाधानका लागि सम्बन्धीत निकायले बेलैमा सोच्नुपर्ने संयोजक खड्काले बताए ।

No description available.

तपाईको प्रतिक्रिया