कविता : बालिका बलात्कार

कविता
ए, महापुरुष तिमी के गर्दै छौँ
तिमी संग अलि कति मानवता छैन भने
छोडी देउ, फ्रोसा भाषणहरु दिन
तिम्रो त्यो नर मक्षी रुपी स्वभाव

२१ औँ शताब्दीमा आएर ईमेल इन्टरनेट
हेदै,सुन्दै र पढ्दै सायरी र कमेन्ट लेख्दै
तिमीले आफुलाई विर्से जस्तो लाग्यो
तिमी के गर्दै छौँ ? ६ बर्ष बालिका माथी अत्याचार

तिमी दावन भएर जन्मिएछौँ
छोडी देउ तिम्रो त्यो बहुरुपी स्वरुप
तिमी त निच र मिम्थ्या भएछौँ

तिमीलाई के थाहा पीडा र वेदनाहरु
तिमी आफ्नो क्षणिक स्वार्थमा रमाउँछौँ
धिक्कार तिम्रो त्यो पुरुषत्वलाई
धिक्कार अवोध बालिकाको आन्तीत्व लुट्ने पुरुषलाई

तिमीले पाठ सिक्नुपर्छ रावण संग
सितालाई हरण गरेर लंकामा सुरक्षित राखेको थियो
तिमीलाई के आनन्द आयो त्यो अवोध बालिका संग
कठै वरा कति रोई कति कराई होली

धिक्कार हे नर माक्षि पुरुषहरु
अव तिमीलाई मृत्युदण्ड दिनुपर्छ
धिक्कार बलात्कारी वावुहरु
तिमीलाई फाँसिको फन्दामा झुन्ड्याउनुपर्छ

अव आमाहरु चुप लागेर बस्नुहुदैन्
आफ्ना छोरीहरुको सुरक्षाको लागि
बुलन्द आवाजहरु उठाउँदै गाउँ, बस्ती र सहरहरुमा्
बलात्कारी वावुलाई मृत्युदण्ड दिनको लागि

बलात्कार जस्तो जगन्य अपराधलाई
ढाक छोप गर्ने घर परिवारहरु्
होसियार त्यसलाई संरक्षण गर्नेहरु
समाजका केही समाजसेवीहरु

 उठ आमाहरु गाउँगाउँ बस्ती बस्तीहरु बाट
बलात्कारीहरुलाई सजाय दिलाउँन
कारागारमा मासु भात खाएर बस्न दिनुहुदैन
यी अपराधीहरुलाई तड्पाई तड्पाई मार्नुपर्छ
जसरी बालिका दिन प्रतिदिन तड्पिई रुन्छन्

सहर घुमाएर कालो मोसो दलेर
जुत्ताको माला लगाएर घिसार्दै घिसार्दै
यातना दिएर झुन्ड्याएर मार्नुपर्छ

हामीले दयाको भिक माग्ने होइन्
अपराधीलाई सजाय कडा दिनुपर्छ
यहाँ दया, माया केही चल्दैन्
नारी देवी माग हैन् दानव पनि बन्नुपर्छ

तपाईको प्रतिक्रिया