निर्माणधीन पुल अलपत्र , एक बर्ष वित्यो पुल बनेन्

No description available.

जाजरकोट, ११ माघ । जिल्लाको बारेकोट गाउँपालिका ४ मा निर्माणधीन अवस्थामा रहेको पुल अलपत्र परेको छ । गाउँपालिकाको कुल ३५ लाख लागतमा निर्माणधीन अवस्थामा रहेको पुलको सामग्री गाउँपालिकाले खरिद नगर्दा अयारी ट्रस व्रिज अलपत्र परेको हो । पुल नबन्दा त्यस क्षेत्रका स्थानीय वर्खामा खोला तरेर वारपार गर्न बाध्य छन् ।

गोठगाउँ, सार्कीगाउँ, बोहरा गाउँ, रावत जिरी, लिम्क र पातल गाउँका स्थानीय खोलाको यात्रा गर्न बाध्य भएको स्थानीय विष्णु रावतले जानकारी दिए । उनले भने, ‘पुल चाँडै बन्छ भन्ने आशामा थियौँ, ‘तर एक बर्ष वित्दा पनि पुल बनेको छैन, ‘उपभोक्ता समितीलाई सोध्दा पालिकाले सामग्री खरिद गरेको छैन भन्छन् खासमा पुल कहिले बन्छ ?’ उनी मात्र होइन त्यस गाउँका स्थानीय बर्खाको खोला तर्नुको पीडाले हैरान बनेका छन ।

२०७६ असोज बाट काम सुरु भई चैत्रमा सकिने सम्झौता भएपनि गाउँपालिको वेवास्ताले पुल नबनेको स्थानीयको भनाई छ । ‘स्थानीय सामग्री प्रयोग गर्ने सबै भईसकेको छ, ‘गाउँपालिकाले खरिद गर्ने सामग्री खरिद नगर्दा पुल अलपत्र बनेको वडाध्यक्ष सिर्जना बस्नेतले भनिन् ।’ गाउँ कार्यपालिकाको वैठकमा यो कुरा उठाउँदा कोरोनाको असरले सामग्री खरिद गर्न नसकिएको गाउँपालिका लेखापालले जानकारी दिएको अध्यक्ष बस्नेतको भनाई छ । अव छिट्टै सामग्री खरिद गर्ने सर्त गरेको समेत उनले बताईन । निर्माणधीन अवस्थामा रहेको पुलको लम्बाई ३२ मिटर रहेको छ ।
‘समान खरिदको जिम्मा गाउँपालिकाले दिएन’
पुल निर्माणका लागि बनाइएको उपभोक्ता समितीलाई गाउँपालिकाले सामाग्री खरिद गर्न नदिएको आरोप लगाएका छन । उपभोक्ता समितीका सचिव हरी गोपाल सिहंले भने, ‘समान खरिदको जिम्मा पनि हामीलाई दिनुहोस भनियो, तर गाउँपालिकाले मानेन् ।’

‘निमार्णधीन अवस्थामा रहेको पुलको सामग्री गाउँपालिका लेखापालले खरिद गर्ने जिम्मा लिए, ‘उपभोक्ता समितीलाई स्थानीय क्षेत्रको काम मात्र गर्ने आदेश आयो उनले थपे ।’ निर्माणको जिम्मा लिएको गाउँपालिकाले एक बर्ष वित्दा पनि निर्माण गर्ने कुनै सुरसार नदेखाएको उपभोक्ता समितीको भनाई छ । गाउँपालिकाले समान खरिद गर्दा तत्काल पुल निर्माण गर्ने उपभोक्ता समितीको दावी छ ।

अव सुरु गर्छौँ गाउँपालिका अध्यक्ष

अलपत्र गरेको पुलको सामग्री अव खरिद गर्ने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । उनले भने, ‘समान खरिद गाउँपालिकाले होइन, ठेकेदार कम्पनीले गर्छ, ‘अव तत्काल खरिदको काम अघि बढाई यो बर्ष भित्र पुल निर्माण हुन्छ ।’ बारेकोट गाउँपालिका भित्रका योजनाहरुलाई शसक्त रुपमा लिई वेलैमा निर्माण गरिने समेत अध्यक्ष शाहको भनाई छ । गाउँपालिका भित्रका यस्तो थुप्रै योजनाहरु छन् तर सम्बन्धीत निकाय वेखवर भई बसेको देखिन्छ ।

हामीले खबर गर्दा तत्काल सुरु गर्छौ भन्ने निकाय कहाँ गएर बसेका थिए होला ? त्यसैले यस्ता खालका सुचनाहरु सक्षम नागरिकले वेलैमा खबर गर्नु उत्तम देखिन्छ । विकासले गति लिने समेत निश्चित देखिन्छ । #भेरीमालिका दैनिक#

तपाईको प्रतिक्रिया