
काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ४७ हजार कर्मचारी माग गरेको छ । ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक जनगणनाका लागि करारमा माग भएको हो ।
केन्द्रीय तथ्याङ्क विभागले जनगणनाका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्नका लागि आइतबार ६० दिनको म्यादसहित दरखास्त आह्वान गरेको छ ।
गणकका लागि दश जोड दुई र सुपरिवेक्षकका लागि स्नातक तहको अध्ययन अनिवार्य गरिएको छ । तर, स्नातक तह सकेकाले सुपरिवेक्षकसँगै गणकमा पनि आवेदन दिन पाउनेछन् ।
आवेदन दिनका लागि १८ वर्ष पूरा भएर ४० वर्ष नकटेको व्यक्ति हुनुपर्ने विभागले जनाएको छ । महिलाको हकमा भने ४५ वर्ष नकटेका व्यक्तिले यहाँ गएर आवेदन दिन सक्नेछन् ।
सुपरिवेक्षक र गणकका लागि अनलाईन जनशक्ति आह्वान
राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारी @kewalpb ले राष्ट्रिय जनगणना, २०८७ कालागि तयार गरिएको जनगणना जनशक्ति व्यवस्थापन प्रणाली (Census Human Resource Management System) को शुभारंभ गर्नुभयो। pic.twitter.com/fVImGwPlE6
— National Planning Commission (@NEPALNPC) January 24, 2021
















































। ११ माघ २०७७, आईतवार