नेपाल मगर संघ जाजरकोटकाे अध्यक्षमा धीरेन्द्र पुन

नेपाल मगर संघ जाजरकोट अध्यक्षमा, पुन
जाजरकोट । नेपाल मगर संघ जाजरकोटकोे अध्यक्षमा धिरेन्द्र पुन मगर चयन भएका छन् । जिल्लाको सदरमुकाम स्थीत भेरी नगरपालिकामा सम्पन्न नेपाल मगर संघ जिल्ला समन्वनय समितिको ५ औं अधिवेशनबाट अध्यक्षमा पुनलाई चयन गरिएको हो ।

शनिबार चयन गरिएको कार्य समितिम अध्यक्षमा पुन, उपाध्यक्षमा दिपेन्द्र थापा मगर, महिला उपाध्यक्षमा रिता पुन, सचिव कृष्ण बहादुर थापा,सहसचिव नरेन्द्र घर्ती मगर, कोषध्यक्ष प्रविना थापा मगर, सहकोषाध्यक्ष धनसरा पुन मगर सहित २३ जना सदस्य रहेका छन् ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा गरिएको कार्यक्रममा जिल्लाभरबाट मगर समुदायको बाक्लो उपस्थिती थियो । संघको ५ औं अधिवेशनमा जिल्लाको शिवालय गाउँपालिकाबाट विशेष सांस्कृतिक नाच गान सहितको टिमले आफ्नो प्रस्तुति राखेको थियो ।

तपाईको प्रतिक्रिया