बलिदानको कोठा चुक्ता गर्न परेपनि यूवा शक्ति तयार छ : यूवा नेता मोहित

राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य मनोज विक (मोहित)ले बलिदानको कोठा चुक्ता गर्न यूवा शक्ति तयार रहेको बताएका छन् ।

शुक्रबार सदरमुकाम खलंगामा आयोजित अनेरास्ववियू र राष्ट्रिय यूवा संघ नेपालको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमा बोल्दै यस्तो बताएका हुन । उनले भने, “हिजो राजतन्त्रका मलामी बनेका यूवा गणतन्त्रका जन्ती बन्यौँ, भोली केपी वली सरकारको मलामी बन्न नपरोस् ।” काठमाण्डौको खुल्ला मञ्चमा गएर किन नहोस्, बलिदानको कोठा चुक्ता गर्न परेपनि यूवा शक्ति पछि हट्ने छैन भन्दै असंवैधानिक कदमका विरुद्धमा आक्रोश पोखेका थिए ।

प्रचण्ड नेपाल समुहको पार्टीका भातृसंगठनहरु आधिकारिक भएकोले कसैलाई पनि विचलित नहुन आग्रह गरेका थिए । जिल्लामा रहेका सम्पुर्ण विद्यार्थी र यूवाहरु प्रतिगमनका विरुद्ध एकजुट हुन समेत आवाहन गरेका थिए । यस्तै जिल्लाका सात वटै स्थानीय तहहरुमा राष्ट्रिय यूवा संघ नेपालले भेला तथा सम्मेलन गर्ने जनाएको छ ।

शनिवार बसेको वैठकले नलगाड नगरपालिमा आगामी माघ २१ गते बारेकोटमा २२, कुशेमा २४, जुनीचाँदेमा २६ गते, छेडामा २७ गते शिवालयमा २८ गते र ३० गते भेरी नगरपालिकामा कार्यक्रम गर्ने तयारी गरेको छ । त्यसपछि जिल्ला कमिटीलाई पुर्णता दिई असंवैधानिक कदमका विरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया