तीन दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न शिक्षा शाखाको पत्र

No description available.जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ३ पहाडा मुल्सामको दीपेन्द्र माद्यामिक विद्यालयका राहत शिक्षक दीर्घराज रोकायलाई तीन दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न शिक्षा शाखाले पत्राचार गरेको छ ।

रक्सी खाएर विद्यार्थीलाई कुट्ने, दलित विद्यार्थीलाई डुम भनेर धम्काएको अडियो सहितको समाचार सार्वजनिक भएपछि स्पष्टीकरण पेश गर्न माग गरिएको हो । तीन दिन भित्र लिखित स्पष्टीकरण पेश नगरेमा स्वत ः कारबाही गरिने शिक्षा शाखा प्रमुख रामबहादुर मल्लले जानकारी दिए ।

विद्यालय जस्तो पवित्र स्थलमा जाँड रक्सी सेवन गरी विद्यार्थीलाई कट्ने, धम्काउने लगायतका कार्य गर्नु गैरकानुनी भएको अधिकारकर्मीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस

सरकारी शिक्षकको हर्कत : रक्सि खाएर विद्यार्थीलाई डुम भन्दै गाली, स्टाफलाई बोरामा हाल्ने धम्की (अडियो सहित)

तपाईको प्रतिक्रिया