सरकारी शिक्षकको हर्कत : रक्सि खाएर विद्यार्थीलाई डुम भन्दै गाली, स्टाफलाई बोरामा हाल्ने धम्की (अडियो सहित)

शिक्षकको दादागिरी, रक्सि खाएर विध्यार्थी कुट्ने देखि शिक्षक हरुलाइ बोरामा हाल्ने धम्की ,वडा अध्यक्षलाइ चैतेको आरोप

बारेकोट, ७ माघ । जिल्लाको बारेकोट गाउँपालिका वडा नं. पहाडा मुल्सामको दिपेन्द्र मा.विका नेपाली शिक्षक दिर्घराज रोकायले आफुलाई राजा हुँ भन्दै रक्सि खाएर बिध्यार्थी लाई बिभिन्न बाहाना बनाएर लाइनमै कुट्ने गरेको रहस्य खुलेको छ ।

यतिसम्म की उनीले बिहान प्रार्थना गरिरहेको लाईन मै बिध्यार्थीहरुलाई पिट्ने र बिनाकारण गाली गलौज सहित मानसिक यातना दिने गरेको पाईएको हो । उनको परिवारको एक छत्र हालिमुहाली रहेको उक्त विद्यालयका उनी राहत शिक्षक हुन ।

स्रोतका अनुसार कहिले कसो मात्र विद्यालयमा आउने र प्रयास जसो आफ्नोे सट्टामा खेतला शिक्षक राखेर व्यक्तिगत काम गर्दै विद्यालय बाट तलब भुक्तानी लिने गरेका रोकायले विद्यार्थीहरुलाई विना कारण शारीरिक र मनोवैज्ञानिक यातना दिएको गुनासो भइरहँदा उनको क्रियाकलाप सहन नसकेर विद्यार्थीहरुले उनको गतिविधिको रेकर्ड गर्ने गरेका छन ।विद्यालयमा अध्यनरक्त विपन्न र दलित समुदायका विद्यार्थीहरुलाई जातिय गाली गलौज गर्दै हेप्ने गरेको र रक्सी खाएर आफु राजा भएको र आफुलाई कसैले छुन नसक्ने भन्दै आतङ्क सिर्जना गर्ने गरेका छन ।

एक अडियोमा उनले अध्यक्ष समेतलाई चैते भन्दै गरेको र विद्यालयको शिक्षकहरुलाई आफुले चाहेमा बोरामा हालेर मारिदिने सम्मको धम्कीपूर्ण भाषा बोलेको १३ मिनेट ४१ सेकेन्डको अडियो बाहिरिएको छ । रक्सी खाएर विद्यालय गएर प्रांङगणमा नै बोलेको उक्त अडियोमा विध्यार्थी,शिक्षक र सरोकारवालालाई तथा नाम गाली गलौज गरेको र आफु डन भएकोले सबैभन्दा राम्रो मान्छे कुट्नु सजिलो भएको कुरा व्यक्त गरेका छन ।

उनको यस्तो लज्जास्पद हर्कत र व्यवहारले गाउँलेहरु र विद्यार्थी आजित भई विप्लव नेतृत्वको नेकपा बारेकोटलाई गुहारेको नेकपाका बारेकोटका एक नेताले जानकारी दिए । उनले घटनाको अनुसन्धान गरी रोकायलाई आवश्यक कारवाही गरिने उनको भनाई ।

तपाईको प्रतिक्रिया