कार्यकर्ता रिहाईको माग गर्दै विप्लवको प्रर्दशन

Image may contain: one or more people, people standing and outdoor
जाजरकोट, ८ माघ । आफ्ना पार्टीका नेता कार्यकर्ता पक्राउ परेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले जाजरकोटमा विरोधसभा प्रदर्शन गरिररहेको छ । नेताहरुको रिहाईको माग गर्दै जाजरकोटका विभिन्न पालिकामा विप्लवका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सोमबार आयोजना गरिएको विरोधसभामा अखिल क्रान्तिकारी भेरी कर्णाली क्षेत्रीय समन्वय समिति सदस्य धनजीत महरले आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन् ।

Image may contain: one or more people, mountain, outdoor and nature

आफ्ना कार्यकर्ता रिहा नभए थप कडा आन्दोलन गर्ने र सम्बन्धीत निकायका व्यक्तिमाथि आक्रमण गर्ने चेतावनी उनले दिएका छन् । ‘हामी जनताको घरदैलोमा पुगेर प्रत्यक्ष समस्यालाई निहाल्ने प्रयत्न गर्दा हाम्रा नेता कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ’ उनले भने, ‘विनाशर्त हाम्रा नेताहरु रिहा नभए सम्बन्धीत व्यक्तिमाथि आक्रमण गर्छौ ।’

अहिलेको राज्य व्यवस्थाका कारण जनताले दैनिक सास्ती खेपी रहेको बेलामा जनताको हकहितको लागि आफु र आफ्नो पार्टी लागि परेको नेता महरको भनाई छ । आफनो हकअधिकार प्राप्तिका लागि देशलाई माया, आशा, भरोसा गर्ने सबै आन्दोलनमा लाग्नुपर्नेमा पनि जोड दिए । खासगरी भ्रष्टाचारीविरुद्ध निशाना ताकेर आक्रमण गर्ने विप्लव समूह हिजोआज आफ्ना कार्यकर्ता पक्राउ गर्नेलाई पनि कारबाही गर्ने भित्री योजनामा अघि बढेको छ । जिल्ला सात वटै पालिकामा कार्यकर्ता रिहाईको माग गर्दै प्रर्दशन भईरहेको अखिल क्रान्तिकारी जाजरकोटका अध्यक्ष विराजन शाहीले जानकारी दिए ।

विभिन्न सवालमा जनताको घरदैलोको समस्या समाधान गर्न हिडेका राम्रा कार्यकर्तालाई प्रक्राउ गर्नु आपत्तिजनक विषय भएको अध्यक्ष शाहीले बताए । उनले भने, ‘विभिन्न शैक्षिक समस्या, जनताको आवाज, भष्ट्रचार विरुद्धको खबरदारी लगायतका विषयमा बोल्छौँ, वर्तमान दलाल सरकारलाई यो कुरा पच्दैन ।’ तत्काल हाम्रा कार्यकर्तालाई हिराई गरोस् नत्र राम्रो हुनेछैन भन्दै अध्यक्ष शाहीले आक्रोश पोखे ।

तपाईको प्रतिक्रिया