विश्व महामारीको चपेटाकैबीच चिनियाँ अर्थतन्त्र २ प्रतिशतले बढ्यो

काठमाडौं । गतवर्ष (सन् २०२०)मा चिनियाँ अर्थतन्त्रमा २.३ प्रतिशत वृद्धि भएको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वभरका मुलुकहरु लकडाउनमा रहँदा अर्थतन्त्रमा गिरावट आउने अनुमान छ ।

तर, चीनकै वुहानबाट फैलिएको महामारी विश्वका अरु मुलुकलाई संकट बन्दा चीनले भने अर्थतन्त्र उकास्ने मौका पाएको हो ।

सोमबार सार्वजनिक सरकारी तथ्यांक अनुसार चिनियाँ अर्थतन्त्र महामारीकै बीचमा २.३ प्रतिशतले बढेको हो । यद्यपी दशकौंपछि चिनियाँ अर्थतन्त्र वृद्धिमा गिरावट आएको हो ।
सीएनएनमा उल्लेख गरे अनुसार सन् १९७६ यता चिनियाँ अर्थतन्त्रमा न्यून वृद्धि यो वर्ष (सन् २०२०)मा भएको हो ।
कोरोना भाइरसको महामारीको कारण चिनियाँ अर्थतन्त्रमा वृद्धि १.९ प्रतिशतमा झर्ने अनुमान गरिएको थियो । तर, चिनियाँ अर्थतन्त्र अनुमान गरेभन्दा राम्रो वृद्धि भएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया