योजना टिपिन्छ, सुनुवाई हुदैन

जाजरकाेट घटनाकाे छानबिन गर्न समिति गठन, १ महिनाभित्र प्रतिवेदन पेस गर्न  अख्तियारी | Ujyaalo Online:: Nepal News, Nepali Samachaar

जाजरकोट, २७ पुस । प्रत्येक आर्थीक बर्षमा गाउँगाउँका सिंहदरबारले जनताका आवश्यकता पुर्ति गर्न विकास निर्माणका योजना छनोट गर्ने गर्छन् । ति योजनालाई लिएर कार्यपालिकाको वैठकले योजनाको आकार र प्रकृति हेरेर बजेट छुट्याउने गरेको हुन्छ ।

तर जिल्लाका अधिकांश नागरिकहरुले योजना मात्र टिपिन्छ सुनुवाई हुदैन भन्दै गुनासो गर्दै आएका छन् । बारेकोट गाउँपालिका २ ध्यारगाउँका स्थानीय नागरिकले योजना छनोेटमा गाउँगाउँमा पुगेका पदाधिकारी संग पञ्चेबाजा संरक्षणका लागि पहल गरिदिन माग गरे ।

त्यतिबेला पदाधिकारीले हुन्छ, तपाईहरुको माग जाहेज छ । तत्काल समस्या समाधान हुन्छ भनेका थिए । आर्थीक २०७६÷०७७ सकिएपनि अहिले सम्म उनीहरुको माग पुरा भएको छैन । उनीहरुको पञ्चेबाजा संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेको छ ।

बाजा समुहका अगुवा हरिबहादुर परियार भने, ‘हामी प्रत्येक नेता आएको वेला बाजागाजाका साथ समान गर्न जान्छौँ, ‘त्यतिवेला सबैको मुखमा आहा हुन्छ, नेता ज्युँले पनि भन्नुहून्छ ।’ ‘बाजा संरक्षणमा जुट्ने हाम्रो प्रतिबद्धता छ, जव त्यहाँ बाट बाहिर गइन्छ ।’ त्यसपछि सबै कुरा हराउँछ उनले दुखेसो पाखे ।

त्यस्तै, कुशेगाउँपालिका ५ घरगांका स्थानीय नागरिकले खानेपानी योजनाको माग गरे । तर उनीहरुको माग पनि पुरा हुन सकेको छैन् । ‘स्थानीय सरकारले हुन्छ मात्र भन्छ, त्यहाँका नागरिकको समस्या भने दोहोरीरहेको छ स्थानीय रामबहादुर शाहीले भने ।’ यि दुई स्थानीय तहका नागरिकहरु उदाहरण पात्र मात्र हुन् ।

जिल्लाका सात वटा स्थानीय तहका नागरिकहरुले छनोट गरेका योजनाहरुमा सुनुवाई नहुने उनीहरुले बताउँदै आएका छन । जुनीचाँदे गाउँपालिकाको स्थानीय सरकारले पनि स्थानीय नागरिक संग रोजगारी सिर्जना गरिदिन माग गरे । स्थानीय सरकारका कर्मचारीले हुन्छ तपाईहरुको् माग सम्बोधन भने ।

तर आर्थीक बर्षको पाँँच महिना वित्दा समेत उनीहरुको माग सम्बोधन भने हुन सकिरहेको छैन । ‘जिल्लामा योजनामा छनोट गरेका कामहरु सुनुवाई हुदैन पटकपटक कार्यालय सम्म धाईरहँदा मात्र सम्बोधन हुन्छ , बारेकोट गाउँपालिका २ का भीमबहादुर विकले भने ।’

गाउँगाउँमा धेरै योजना स्थानीय सरकारले छनोट गर्छ तर यी योजनाहरु कापीमा रजिष्ट्ररमा मात्र सीमित हुने गरेको बारेकोटको जनता आधारभुत विद्यालयका प्रधानध्यापक धनबहादुर नेपालीले बताए । जिल्लाका सबै स्थानीय तहमा यसको प्रभाव परेको सरोकारवालाहरुको भनाई छ । यस्तो नभई गाउँगाउँमा बनेका स्थानीय सरकारले जनताको आवश्यकता र जनतामुखी काम गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया