जाजरकोट, २४ मंसिर । दुर्गम जाजरकोटमा रक्तदानको कामलाइ प्रेरित गर्न विद्यालय स्तरीय निवन्ध प्रतियोगिताको आयोजना गरिएको छ । विश्व रक्तदाता अर्जुनप्रसाद मैनालीको आर्थिक सहयोगमा जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटद्धारा सोमवार खलंगामा म रक्तदान गर्नेछु विषयक विद्यालय स्तरीय निवन्ध प्रतियोगिता सन्चालन गरिएको हो ।
जिल्लाका विभिन्न विद्यालयवाट सहभागि भएका १६ जना छात्रछात्राहरु मध्य शिवशंकर माध्यमिक विद्यालय जगतिपुरको कक्षा १०मा अध्ययनरत दिपक आचार्यले प्रथम स्थान प्राप्त गरे । यस्तै जनता माध्यमिक विद्यालय पैंकको कक्षा १०मा अध्ययनरत जानुका सार्कीले द्धितीय, त्रिभुवन माध्यमिक विद्यालय खलंगाको कक्षा ११मा अध्ययनरत अमीन विकले तृतीय र सोहि विद्यालयको कक्षा ११ की नेहा केसीले सान्त्वना स्थान प्राप्त गरे ।
जाजरकोट सदरमुकाम खलंगा स्थित त्रिभुवन माध्यमिक विद्यालयमा सन्चालन भएको उक्त प्रतियोगितामा प्रथम हुनेलाइ १० हजार नगद र प्रमाण पत्र, द्धितीय हुनेलाइ७ हजार नगद र प्रमाणपत्र, तृतीय हुनेलाइ ४ हजार नगद र प्रमाणपत्र र सान्त्वना स्थान प्राप्त गर्नेलाइ १ हजार ५ सय नगद र प्रमाण पत्र प्रदान गरिएको छ । सोमवार सन्चालन भएको निवन्ध प्रतियोगिताको मंगलवार विहान त्रिभुवन माध्यमिक विदालयमा आयोजित एक कार्यक्रमका विच पुरस्कार तथा प्रमाण पत्र वितरण गरियो ।
प्रतियोगितामा विजयी छात्रछात्राहरुलाइ जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनवहादुर रावल र नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिवहादुर वस्नेतले पुरस्कार र प्रमाण पत्र वितरण गरे । पुरस्कार वितरण कार्यक्रममा वोल्दै जिल्ला समन्वय प्रमुख रावलले रक्तदान जस्तो पवित्र कार्यमा युवाहरुलाइ उत्प्रेरित गर्न अर्जुजप्रसाद मैनालीले गरेको सहयोग निकै प्रशंसनीय रहेको वताए । उनले रक्तदान जस्तो मानवीय पवित्र कार्यमा सवैले सक्रियता र स्वयमसेवी रुपमा लाग्न जरुरी रहेको वताए ।
अर्जुन मैनाली जस्तो रक्तदानमा विस्व चर्चित व्यक्तिले जाजरकोटका लागि गरेको योगदान निकै महत्वपुर्ण रहेको पनि समन्वय प्रमुख रावलले वताए । यस्तै सोहि कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका सभापति हरिवहादुर वस्नेतले रगत अभावमा छटपटाइरहेका मानिसहरुलाइ जोगाउनका लागि रक्तदान गर्नु भनेको जीवनदान भएकोले यसमा सवैको साथ सक्रियता हुनु पर्ने वताए । सभापति वस्नेतले जाजरकोट जस्तो जिल्लामा रक्तदानका लागि महत्वपुर्ण सहयोग र चासो दिएकोमा विस्व रक्तदाता अर्जुनप्रसाद मैनालीलाइ धन्यवाद समेत दिए । रक्तदानले मानिसलाइ स्वस्थ राख्न सहयोग गर्ने भएकोले युवाहरु यस कार्यका लागि स्वस्फुर्त रुपमा लाग्नु पर्ने सभापति वस्नेतले वताए ।
जयचन्द्र मिडिया ग्रुप प्रालिका सन्चालक तथा कुशेमालिका अनलाइनका सम्पादक जनक केसीले रक्तदान गरेर आपतमा परेकाहरुको ज्यान वचाउने काममा सक्रिय भएर लाग्न निवन्ध प्रतियोगिताले युवा विद्यार्थीहरुमा हौसला प्रदान गरेको वताए । उनले अर्जुन मैनालीले गरेको सहयोगले जाजरकोटमा पनि स्वयमसेवी रक्तदाताहरुको संख्या वढ्ने विश्वास व्यक्त गरे । कार्यक्रममा निवन्ध प्रतियोगितामा विजयी मध्य प्रथम स्थान प्राप्त गर्ने छात्र दिपक आचार्यले आफनो निवन्ध वाचन गरेका थिए ।
निवन्ध प्रतियोगितामा सहभागि सवै विद्यार्थीहरुले आफुहरुले भविष्यमा रक्तदान गर्ने वाचा गरेका छन् । विश्व रक्तदाता अर्जुनप्रसाद मैनालीले जाजरकोट जिल्लामा रक्तदान अभियानलाइ व्यापक वनाउने काममा युवाहरुको सहभागिता जुटाउन म रक्तदान गर्नेछु विषयमा निवन्ध प्रतियोगिताका लागि सहयोग गरेको वताए । उनले रक्तदान गरेर अरुको जीवन वचाउने काम सन्सारकै पवित्र काम भएकोले जाजरकोट जस्तो दुर्गम र पिछडिएको जिल्लामा यो अभियान शसक्त वनाउन आफनो सधैं साथ रहने पनि वताए ।
पुरस्कार वितरण कार्यक्रममा त्रिभुवन माध्यमिक विद्यालयका एक सय वढी विद्यार्थीहरुको सहभागिता थियो । जिल्ला भरिका विभिन्न विद्यालयका १६ जना छात्रछात्राहरु सहभागि भएको उक्त प्रतियोगितामा नेपाल रेडक्रस सोसाइटी जाजरकोटका सभापति हरिवहादुर वस्नेत, अधिवक्ता भक्तवहादुर मल्ल र पत्रकार राजेन्द्र कार्कीले मुल्यांकन कर्ताको भुमिका निर्वाह गरेका थिए ।
















































। २४ मंसिर २०७७, बुधबार