पैंक सम्म निशुल्क गाडीको यात्रा, आउने जानेमा समेत लाग्दैन भाडा !

यि हुन मनकारी नविन तस्वीर

जाजरकोट, २१ मंसिर । जिल्लाको कुशे गाउँपालिका ९ पैंकका स्थानीयले गाडीमा निशुल्क आवतजावत गर्न पाउने भएका छन ।

वडा भित्रका नागरिकलाई नेपाली नागरिकताको परिचय पत्र र मतदाता नामावलीमा नाम भर्न जिल्ला सदरमुकाम सम्म जान महंगो भाडा तिर्नुपर्ने भएकोले निशुल्क सेवा सुचारु गरिएको हो ।

यो व्यवस्था न प्रदेश सरकारले गरेको हो, न संघीय सरकार नत स्थानीय सरकारले नै गरेको हो । वडावासीको समस्यालाई बुझेर सोही वडाका समाजसेवी एवम् नेकपा कुशे ९ वडा कमिटी सचिव नवीन कुमार सिंहले यो निशुल्क सेवा सुचारु गरेका हुन । उनी भन्छन्, ‘यहाँ बाट सदरमुकाम खलंगा सम्म आउन जान यहाँका बासिन्दाले ३ हजार भन्दा बढि रकम तिर्नुपर्छ ।’, ‘जनताको आवश्यकता हेरेर मैले यो सेवा सुचारु गरेको हुँ ।’

यहाँका जनताको सेवामा स्थानीय सरकारले खासै चासो नदेखाएको उनको भनाई छ । गाउँमा यातायात पुगेपनि यातायात व्यवसायले मनपरी भाडा लिर्दै आएका छन । निशुल्क गाडीको सेवा मात्रै होइन उनले गाउँपालिका भित्रका गरिव, अशक्त तथा विपन्न परिवारलाई राहत समेत वितरण गर्दै आएका छन ।

नेपाली नागरिकताको प्रमाण पत्र तथा मतदाता नामावलीमा नाम भर्न सदरमुकाम सम्म जान तथा गाउँमा फर्कन निशुल्क सेवा दिईरहेको हाम्रो पहुँच डटकमलाई जानकारी दिए ।

अति विकट वडा भएकोले कामका लागि सदरमुकाम जाँदा पैसा कार्नुपर्ने परिस्थितीलाई बुझेर यातायात भाडामा आउने जाने सबै निशुल्क सेवा सुरु गरेको उनको भनाई छ । सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी समेत दिएका छन ।

सेवा लिन चाहानेले ९८६३०८९२६५ मा सम्पर्क गर्न अनुरोध समेत गरेका छन । उनी २०७४ सालमा भएको स्थानीय तहको चुनावमा तत्कालिन नेकपा माओवादी केन्द्र बाट वडाध्यक्षमा पराजित भएका थिए ।

 

तपाईको प्रतिक्रिया