समाज रुपान्तरका लागि भेरी सामुदायिक विकास मञ्ज

जाजरकोट । समाज रुपान्तरका लागि भेरी सामुदायिक विकास मञ्चको गठन गरिएको छ । सहकर्मी समाज र भेरी नगरपालिकाको साझेदारीमा सञ्चालित सामाजिक रुपान्तरणका लागी सामूदायिक सुशासन सवलीकरण कार्यक्रमको संयुक्त पहलमा मञ्चको गठन गरिएको हो । भेरी नगरपालिकामा आएका ९७ वटा टोल विकास संस्थाहरु र १३ वटा वडा स्तरिय मूल समितिको अग्रसरतामा समुदायमा आधारित कार्यसञ्जाल संस्था भेरी सामुदायिक विकास मञ्चको स्थापना गरिएको सहकर्मी समाज जाजरकोटका प्रमुख नेत्र नारायण रेग्मीले जानकारी दिए ।

समूदायमा रहेका विकृति विसंगतिका विरुद्ध समूदायका मानिसहरुलाई जागृत गराउँदै समाजमा सुशासन स्थापित गर्न, समुदायमा रहेका साझा सवालहरुमा वकालत गर्न , स्थानिय श्रोतको पहिचान परिचालन र बाह्य श्रोतमाथिको पहुँच वढाउन,सार्वजनिक सम्पति तथा श्रोतहरुको संरक्षण र सम्वद्र्धन गर्न सिमान्तकृत मानिसहरुको जिवनस्तर वृद्धीमा टेवा पुर्याउनुका साथै सहकर्मी समाजको अनुपस्थितिमा पनि आफ्ना समूहहरुलाई जिवन्त राख्ने दृढ प्रतिवद्धताका साथ गठन गरिएको प्रमुख रेग्मीको भनाई छ ।

मंसिर १२ देखि १४ गते सम्म सहकर्मी समाज जाजरकोटको तालिम कक्षमा सञ्चालन भएको भेरी नगरपालिकाका १३ वटा मुल समितिका ३९ जना प्रतिनिधिहरुको सहभागितामा कर्ण वहादुर शाहीको अध्यक्षतामा १३ सदस्सीय तदर्थ समिति गठन गरि दर्ताका लागि विधानको रुपरेखा तयार गरिएको छ । उक्त तदर्थ समिती समावेशी ढंगले निर्माण गरिएको छ ।

३ दिन सम्म चलेको कार्यशालामा भेरीनगरपालिकाका नगर प्रमुख चन्दप्रकाश घर्ती , सहकर्मी समाज जाजरकोटका जिल्ला टिम लिडर नेत्र नारायण रेग्मी,कार्यक्रम विकास सहजकर्ता कृष्ण वहादुर नेपाली, वरिष्ठ सामुदायिक प्रशिक्षक ज्योति थापा र सुशासनमा नागरिक सहभागिता कार्यक्रमका अधिकृत कृष्ण प्रसाद अधिकारीको सहभागीता भएको थियो ।

तपाईको प्रतिक्रिया