
जाजरकोट । कर्णाली प्रदेश सभा सदस्य कौशिलावती खत्री कोरोना मुक्त भएकी छन । सोमबार आफ्नो सामाजिक सञ्जाल फेसवुक मार्फत जानकारी दिदै खत्रीले आफ्नो सहपरीवार कोरोना मुक्त भएको जानकारी दिएकी हुन । सामाजिक सञ्जाल फेसवुकमा यस्तो लेखेकी छन, आज १५ दिनपछि म लगायत मेरो बुढा, छारीहरु, ज्वाई सावहरु नाति नातिनीको PCR Report negative प्राप्त भएको छ ।
हामीलाई कोरोना जित्न फोन र सामाजिक सन्जाल मार्फत हौसला दिने मेरो साथीहरु, आफन्त शुभचिन्तकहरू, कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री लगायत सबै माननीय मन्त्री ज्युहरु कर्णाली प्रदेशसभाका,माननिय सभामुख ,उपसभामुख, माननीय ज्युहरु र प्रत्यक्षरुमा फोनमा
स्वास्थ्य निगरानी गर्ने डा. पल पौडेल, डा. रबिन, डा. डम्बरको टिमलाई हृदयदेखि हार्दिक आभार प्रकट गर्दछु । कोरोना भाईरसलाई समान्य रूपमा नलिई यसवाट वच्न सजक र सचेत रहन सवैमा आग्रह पनि गर्दछु ।
















































। १५ मंसिर २०७७, सोमबार