केन्द्रिय सदस्यमा जाजरकोटका खड्का निर्वाचित

Image may contain: one or more people and outdoor

जाजरकोट, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा जाजरकोटका कमान खड्का विजय भएका छन । उद्योग वाणिज्य संघ कर्णाली प्रदेश सदस्य तथा जाजरकोट उद्योग तथा वाणिज्य संघ जाजरकोटका पुर्व अध्यक्ष समेत रहेका खड्का केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन ।
शनिवार सम्पन्न निर्वाचन बाट खड्का जिल्ला तथा नगर तर्फबाट खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । कुल १ सय ७ मत मध्ये ५९ मत प्राप्त गरी ९ औँ स्थानमा उनले विजयी हासिल गरेका हुन । ७७ वटा जिल्ला बाट कुल ४६ जना खुल्ला सदूय पदमा प्रतिस्पर्धा गरेका खड्का विजय भएका हुन ।

 

जसमा सबैभन्दा बढी मत प्राप्त गरी खड्का विजयी भएका छन । सम्पुर्ण उद्योगी व्यापारीको हकहितका काम गर्ने निर्वाचित सदस्य खड्काले घोषणा गरे । देशमा कोरोना महामारीले धरासायी बनेको उद्योग क्षेत्रको नयाँ योजनाका साथ अगाडि बढ्ने उद्धघोष गरे । बाँकेको वनकटवामा जन्मिएका खड्काले जाजरकोटलाई कर्मथलो बनाए ।

समाजसेवामा रुचि राख्ने खड्का झन्डै दुई दशक राजनितीमा विताईसेका छन । माद्यामिक तहमा पढ्दै गर्दा राजनितीमा होम्मिएका खड्का हाल नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटीका सचिवालय सदस्य समेत हुन ।

तपाईको प्रतिक्रिया