पाँच सयको अभावमा कसैले मर्न नपरोस् : मन्त्री बस्नेत

जाजरकोट । नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पाँच सयको अभावमा कसैले मर्न नपर्ने बताएका छन । शनिवार नलगाड नगर अस्पतालको उद्धघाटन गर्दै मन्त्री बस्नेतले पाँच सय अभावमा कोही पनि मर्न नपर्ने बताएका हुन ।

उनले जाजरकोटका गाउँगाउँमा उपचार र आर्थीक अभावमा ज्यान गुमाउनु प¥यो भने सरकारलाई गुहारेर बस्नेकी गाउँगाउँमा उपचार पाउने, त्यसैले कम्युनिष्ट सरकारले गाउँगाउँमा अस्पताल निर्माण गर्ने लागेको समेत बताए । ‘हामीले खोजेको समाज, विकास, समुन्नत समाज बनाउने कुरा गरिहेका छौँ, यसमा आम जनताको महत्वपुर्ण भुमिका रहन्छ उनले भने ।’

इन्जिनियर, ओभरसियर, रेन्जर, जेटिए पढाउन जिल्ला बाहिर जान नपर्ने व्यवस्था गरिएको मन्त्री बस्नेतको भनाई छ । जिल्ला विभिन्न क्षेत्रमा उत्पादन गरिएका वस्तुहरुले अव सहजै बजार पाउने र व्यवस्थापनमा कुनै समस्या नपर्ने दावी गरे ।

जाजरकोट विकासका लागि आम जनताको महत्वपुर्ण भुमिका रहेकोले यसमा सबैले साथ दिन अपिल समेत गरेका छन ।

तीन स्थानीय तहमा नयाँ अस्पताल
जाजरकोटका तीन स्थानीय तहमा नयाँ अस्पताल बन्न थालेका छन । नलगाड, बारेकोट र छेडागाडमा नयाँ अस्पताल बन्न थालेका हुन । छेडागाड नगरपालिका बन्ने १५ शैयाको अस्पतालको नेपाल सरकारका राज्य स्वास्थ्य मन्त्री नवराज रावतले गत ६ मंसिर गते उद्धघाटन गरिसकेका छन । यस्तै नलगाड नगरपालिकामा बन्ने नगर अस्पतालको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उद्धाटन गरेका छन ।

भने बारेकोट गाउँपालिकामा बन्ने अस्पतालको पनि मन्त्री बस्नेतले उद्धघाटन गर्नेछन । पाँच वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा १५ शैय्याको अस्पताल स्थापना गरी सञ्चालनमा आउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसका लागि हाल पालिकामा रहेका सम्भावित स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने कामलाई अगाडि बढाएको छ । ती अस्पतालमा कम्तीमा एक जना विशेषज्ञ चिकित्सक (एमडी) रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अझै पनि पालिकाअन्तर्गतका एक हजार दुई सय वडामा कुनै स्वास्थ्य सेवा गर्ने संस्था रहेका छैनन् ।

स्थानीय तथा प्रदेश तहसँग समन्वय गरी वडा तहबाट स्वास्थ्य सेवा तत्काल शुरु गर्न मन्त्रालयले आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्थापन गरी सेवा सुरु गर्ने जनाएको छ ।   #भेरीमालिका#

तपाईको प्रतिक्रिया