नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत द्धारा जाजरकोटको नलगाड नगरपालिका स्थित नगर अस्पतालको शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमका विच नगर अस्पतालको शिलान्यास गरिएको हो ।
जिल्लाको पुर्वी क्षेत्रको मुटु समेत नलगाड नगरपालिकालाई मानिन्छ । नलगाड जलविद्युत आयोजना ( चार सय १७ मेघा वाट) को विद्युत गृह निर्माण स्थल समेत रहेको यस क्षेत्र जिल्लाकै उत्कृष्ट नगरका रुपमा लिने गरिन्छ ।
नलगाड नगरपालिका डोल्पा , रुकुम पश्चिमसँग जोडिएको छ । १५ शैयाकोअस्पताल उद्घाटन सँगै स्थानीयवासी खुसी भएका छन् । आइतबार बारेकोट गाउँपालिकाको अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
















































। १३ मंसिर २०७७, शनिबार