
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष इन्द्र कुमाइले गाउँकै एक स्थानीय महिलासँग तेस्रो प्रेम विवाह गरेका छन् । तेस्रो विवाह गरेपछि गौमतिको पहिलो श्रीमान नोखिराम बोहरालाई जारीसँगै उनको ऋणसमेत तिरिदिने सहमति भएको छ । विहिवार सबैको सल्लाह र राय बमोजिम उनले ३ लाख ८० हजार जारी र ३ लाख ९५ हजार वोहराको ऋण तिरिदिने बताइएको छ ।
९ नं. वडा कार्यालयमा भएको स्थानीयको भेलाको निचोडमा यो कुरा टुंगो लागेको स्थानीय दिपक यरिको भनाई छ । तर वहुविवाह गर्ने वडा अध्यक्षलाई भने केही दिन अघिदेखि प्रहरीले सुरक्षा दिँदै आएको थियोे । स्थानीयको डरले प्रहरीकै सुरक्षामा उनले केहिदिन अघिदेखि वडामा कामकाज गर्दै आएको स्थानीयको भनाई छ । यो उनको तेस्रो विवाह हो । विवाह गर्ने महिला गौमती वोहराको ५ बच्चा बच्ची र वडा अध्यक्षको पनि ४ वच्चावची रहेका छन् ।
गाउँमा पहिलेदेखि उनीहरु विचमा बसउठ हुने गर्दथ्यो । लामो समयदेखि नै अध्यक्षले ती महिलालाई उपभोक्ता समितिमा समेत राख्ने गरेको स्थानीयको भनाई छ । उनको नाम समितिमा नछुट्दाउदा स्थानीयले पहिलेदेखि नै संकाको दृष्टिले हेर्न गरेका थिए ।
वडा अध्यक्ष कुमाइले भने गौमतिको श्रीमान नोखिराम वोहराले घरबाट निकालिदिएपछि मर्ने डरले आफुले विवाह गरेको जनाउँदै आएका छन् । योसहित अब अध्यक्षको अवैध ३ वटा श्रीमति भएका छन् । नोखिराम भने न्यायको लागि भौतारी रहेका थिए तर न्याय नपाउने उपाए देखेपछि उनले जारी बुझ्न राजी भएका छन् ।
जारी र केही भएको ऋृण अध्यक्ष कुमाइले तिरिदिने सहमति भएपनि वोहराका अनुसार नावालक छोराछोरी कसरी पाल्ने भनेर उनलाई ठुलो चिन्ता बढेको छ । प्रहरीले नै नोखिरामले वहुविवाहा सम्बन्धि मुद्दा हाल्न खोज्दा इन्कार गरेको गुनासो गरे ।
जिल्ला प्रहरी कार्यलय सल्यानले भने वडा अध्यक्षको जेठि श्रीमति बाहेक अरु कुनैले हालेको मुद्दा नलाग्ने भन्दै आएको थियोे । उक्त मुद्दा हाले पनि बैध नहुने प्रहरीकै तर्क छ । तर सार्वजनिक फौजदारी मुद्दा सुनेको भरमा, सञ्चार माध्यममा छ्याप्प छ्याप्ति हुँदाहँुदै समेत व्यवस्था देखाउनुले कानुनी राज्यको उपहास भएको अन्यको ठहर छ । अझै वडा अध्यक्ष कुमाइको सुरक्षाको लागि दैनिक प्रहरी खटिनुले घृणित कार्य भएको स्थानीयको भनाई छ ।
याे पनि पढ्नुहाेस
















































। १२ मंसिर २०७७, शुक्रबार