दुई श्रीमती हुँदा हुँदै वडाध्यक्ष अर्काकी पत्नी लिएर भागे

सल्यान । सल्यानमा एक वडाध्यक्षले अर्काकी श्रीमती लिएर भागेपछि प्रहरीले खोजबिन तिव्र पारेको छ।

जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाईका पहिल्यै २ श्रीमती छन्। प्रहरीका अनुसार ५२ बर्षीय ती वडाध्यक्षको पहिलो श्रीमतीबाट २ छोरी र दोस्रोबाट २ छोरा छन्।  दुई श्रीमती हुँदा हुँदै वडाध्यक्ष गाउँकै गौरी बोहरालाई लिएर फरार भएका हुन।

उजुरी परेपछि प्रहरीले उनको खोजी गरिरहेको छ  ।  उनीहरु दुवै जनाको खोजीका लागि सबै नाकाहरुमा प्रहरी परिचालन गरिएको बताइएको छ।  वडाध्यक्ष कुमाईका पत्नीहरुले प्रहरीमा उजुरी दिएपछि बहुविवाहको मुद्दा अघि बढाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया