पूर्वाधार विकास कार्यालयको प्रगति कि दुर्गती ?

जाजरकोट । पूर्वाधार विकास कार्यालय, जाजरकोटमा आर्थिक बर्ष २०७६÷०७७ का लागि स्वीकृत बार्षिक कार्यक्रमको बजेट समानिकरण र सशर्त अनुदान रहेको थियो । कार्यालयले संघ र प्रदेश गरी दुई तहको बजेट कार्यान्वयन गरेको थियो ।

प्रदेश सरकारको समानिकरण तर्फको बजेट प्रगति बहुबर्षिय सडक तर्फ ५ करोड ४० लाखको निकासा प्राप्त गरेको कार्यालयले १ करोड २३ लाख ६५ हजार ८ सय ६६ रुपैया खर्चगरी २२ दशमलब ९० प्रतिशत वित्तिय प्रगति र ५० प्रतिशत भौतिक प्रगति हासिल गरेको पूर्वाधार विकास कार्यालय, जाजरकोटमा कार्यरत सव–ईन्जिनियर टकेन्द्र रोकायले जानकारी दिएका छन् ।

त्यसैगरी जनता सडक कार्यक्रम (निरन्तरता) तर्फ ३ करोड ६५ लाख निकासा प्राप्त गरेको कार्यालयले १ करोड ९७ लाख ९१ हजार ४ सय ९७ रुपैया खर्च गरी ५४ दशमलब २२ प्रतिशत वित्तिय प्रगति र ८० प्रतिशत भौतिक प्रगति हासिल गरेको सव–ईन्जिनियर रोकायले बताएका छन् ।

जनता सडक कार्यक्रम (बिस्तृत सर्वेक्षण गरी निर्माण गर्ने) तर्फ २० करोडको निकासा प्राप्त गरेको कार्यालयले १ करोड १९ लाख ६७ हजार ६ सय ४३ रुपैया खर्चगरी वित्तिय प्रगति ५ दशमलब ९८ प्रतिशत र २० प्रतिशत भौतिक प्रगति हासिल गरेको रोकायले बताएका छन् ।

प्रदेश महत्वका सडकहरु तर्फ ६० लाखको निकासा प्राप्त गरेको कार्यालयले ४२ लाख १ हजार ५ सय ७७ रुपैया खर्चगरी ७० दशमलब ३ प्रतिशत वित्तिय प्रगति र सय प्रतिशत भौतिक प्रगति हासिल गरेको रोकायको भनाई रहेको छ । एक प्रदेश निर्वाचन क्षेत्र एक सडक कार्यक्रम तर्फ २ करोड निकासा प्राप्त गरेको कार्यालयले १२ लाख १७ हजार २ सय ९३ रुपैया खर्च गरेर ६ दशमलब ९ प्रतिशत वित्तिय प्रगति र १० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

सडक (मोटरेवल) पुल निरन्तरता तर्फ १ करोड निकासा प्राप्त गरेको कार्यालयले २८ लाख खर्च गरेर २८ प्रतिहत वित्तिय प्रगति र २० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । त्यसैगरी सडक (मोटरेवल) पुल विस्तृत सर्वेक्षण तर्फ १ करोड ७० लाख निकासा प्राप्त गरेको कार्यालयले २७ लाख ६ हजार ३ सय ५० रुपैया खर्चगरेर १५ दशमलब ९२ प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । झोलुङ्गे पुल निर्माण निरन्तरता तर्फ १ करोड १० लाखको निकासा प्राप्त गरेको कार्यालयले जिरो खर्च र जिरो प्रगति भएको रोकायले बताएका छन् ।

पूर्व सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (म्एच्) तथा गुरु योजना निर्माण तर्फ ८५ लाखको निकासा प्राप्त गरेको कार्यालयले ४१ लाख ४७ हजार ८ सय ९१ रुपैया खर्च गरेर ४८ दशमलब ८० प्रतिशत वित्तिय प्रगति र ७० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

त्यसैगरी कार्यालय संचालन सम्बन्धि यन्त्र उपकरण तथा मेशिनरी औजार खरिद सम्बन्धि २ लाख निकासा प्राप्त गरेको कार्यालयले १ लाख ९९ हजार ४ सय खर्च गरेर ९९ दशमलब ७० प्रतिशत वित्तिय प्रगति र सय प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । पूर्वाधार विकास कार्यालय मातहातका सडकहरु मर्मत (ग्राभेल, खण्ड स्मिथ सडक सुधार) तर्फ १५ लाख निकासा प्राप्त गरेको कार्यालयले ३ लाख ४३ हजार ६८ रुपैया खर्चगरी २२ दशमलब ८७ प्रतिशत वित्तिय प्रगति र ४० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

सरकारी भवन निर्माण (व्यवस्थापन एवं मर्मत सम्भार) तर्फ २० लाखको निकासा प्राप्त गरेको कार्यालयले १८ लाख १६ हजार ६ सय ८५ रुपैया खर्च गरेर ९० दशमलब ८३ प्रतिशत वित्तिय प्रगति र सय प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । ग्रामिण पहुँच कार्यक्रम तर्फ ९३ लाख २५ हजार निकासा प्राप्त गरेको कार्यालयले ३१ लाख ३१ हजार १ सय २८ रुपैया खर्च गरेर ३५ दशमलब ५८ प्रतिशत वित्तिय प्रगति र ७० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

सडक तथा पुल निर्माण तर्फ २८ लाख निकासा प्राप्त गरेको कार्यालयले २६ लाख ८९ हजार ९ सय ७० रुपैया खर्च गरेर ८९ दशमलब ९९ प्रतिशत वित्तिय प्रगति र ४० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । जनता आबास कार्यक्रम तर्फ २ करोड निकासा प्राप्त गरेको कार्यालयले १ करोड ३४ लाख ६ हजार ४ सय खर्च गरेर ६७ दशमलब ३ प्रतिशत वित्तिय प्रगति र ४० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।

जिल्लामा कार्यालय स्थापना ढिला हुनु, जनशक्ति तथा आवश्यक स्रोत साधनको अभाव हुनु, विभिन्न कार्यविधि कार्यान्वयनमा जटिलता सृजना हुनु र ऋइख्क्ष्म्(ज्ञढ को प्रभावले बजेट तथा योजना कार्यान्वयनमा केहि अभाव रहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया